ट्राफिक कारबाहीबाट २४ घण्टामा ५ लाख ६५ हजार राजस्व संकलन

Author

सजिलो पत्रिका

२०८३ वैशाख २०, आइतबार

17
Share
Featured

काठमाडौँ

पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लङ्घन गर्ने दुई हजार १११ सवारी चालकलाई कारबाही गरिएको छ। यसबाट राज्यकोषमा पाँच लाख ६५ हजार रुपैयाँ राजस्व संकलन भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

कार्यालयका अनुसार मादक पदार्थ सेवन गरी सवारी चलाउने १०९ जना, नियमविपरीत राइड सेयरिङ गर्ने १८४ जना, ट्राफिक संकेत उल्लङ्घन गर्ने १०३ जना र तीव्र गतिमा सवारी चलाउने २२२ जना कारबाहीमा परेका छन्।

त्यसैगरी लेन अनुशासन पालना नगर्ने १३८ जना, निषेधित क्षेत्रमा हर्न बजाउने ६७ जना, सडक पेटीमा सवारी पार्किङ गर्ने ८६ जना तथा तोकिएको स्थानमा यात्रु चढाउने–ओराल्ने नियम उल्लङ्घन गर्ने ४२ जनालाई पनि कारबाही गरिएको छ।

अन्य विभिन्न सवारी नियम उल्लङ्घन गर्ने एक हजार १६० जनालाई समेत कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ।

यो समाचारमा

ट्यागहरू

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    वैदेशिक रोजगार कसुरमा फरार दुई प्रतिवादी पक्राउ

    काठमाडौं । वैदेशिक रोजगारसम्बन्धी कसुर मुद्दामा फरार रहेका दुई जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा रूकुम मुसिकोटका ४७ वर्षीय रामचन्द्र खड्का र रूकुम पूर्व पुथा उत्तरगङ्गाका ४८ वर्षीय पूर्णबहादुर मल्ल रहेका छन्।खड्कालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ललितपुरको इमाडोलबाट पक्राउ गरेको हो। उनीविरुद्ध वैदेशिक रोजगार न्यायाधिकरणबाट गत

    Data is loading...

    Loading brands...

    Loading footer...