तिलगंगा–पशुपति क्षेत्रमा अतिक्रमित घरटहरा भत्काउने अभियान सुरु

Author

सजिलो पत्रिका

२०८३ वैशाख १९, शनिबार

15
Share
Featured

काठमाडौँ

काठमाडौँ महानगरपालिका–९ तिलगंगा क्षेत्रमा रहेको पशुपति क्षेत्र आसपास सरकारी जमिन अतिक्रमण गरी निर्माण गरिएका घरटहरा भत्काउने अभियान सुरु गरिएको छ।

महानगर प्रहरी बलका प्रमुख विष्णु जोशीका अनुसार शनिबार साँझ ६ बजेदेखि अतिक्रमित संरचना हटाउने कार्य सुरु गरिएको हो। सरकारी जमिनमा अवैध रूपमा बनेका घरटहरा हटाउने अभियानअन्तर्गत तिलगंगा क्षेत्रमा डोजर परिचालन गरिएको उनले बताए।

यसअघि पनि स्वयम्भू, बालाजु–गोङ्गबु बसपार्क, देवीनगर लगायतका क्षेत्रमा अवैध संरचना हटाउने काम भइरहेको महानगरले जनाएको छ। सरकारले शुक्रबार बल्खु र कालिमाटी क्षेत्रमा नदी किनारका जोखिमयुक्त बस्ती हटाइसकेको छ।

महानगरका अनुसार हालसम्म काठमाडौँ उपत्यकाभर सरकारी, सार्वजनिक तथा निजी जग्गा अतिक्रमण गरी बनाइएका करिब दुई हजारभन्दा बढी घरटहरा हटाइसकिएको छ।

यो समाचारमा

काठमाडौँ महानगरपालिकाकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...