ढाकामा ‘सुन्दर नेपाल’ फोटो प्रदर्शनी, नेपाली प्रकृति र संस्कृतिको झल्को

Author

सजिलो पत्रिका

२०८३ वैशाख १८, शुक्रबार

16
Share
Featured

काठमाडौँ

बंगलादेशको राजधानी ढाकामा नेपालको प्राकृतिक सौन्दर्य र सांस्कृतिक विविधता झल्काउने ‘सुन्दर नेपाल’ फोटो प्रदर्शनी सम्पन्न भएको छ। राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे) र बङ्गलादेश फोटो जर्नालिस्ट्स एसोसिएसन (बीपीजेए) को संयुक्त आयोजनामा बिहीबार उक्त प्रदर्शनी गरिएको हो।

नेपाल–बङ्गलादेशबीचको मित्रता र भाइचाराको २१ वर्ष पुगेको अवसरमा आयोजित कार्यक्रममा ढाकाका प्रदेश सूचना मन्त्री यसीर खान चौधरी मुख्य अतिथिका रूपमा उपस्थित थिए भने हसन हफिजले कार्यक्रमको उद्घाटन गरेका थिए। प्रदर्शनीमा नेपालका हिमाल, पहाड, तराईका फाँट, जनजीवन तथा मौलिक कला–संस्कृति झल्किने आकर्षक तस्बिरहरू प्रदर्शन गरिएको थियो।

राष्ट्रिय फोटो पत्रकार समूह नेपालका अध्यक्ष प्रदीपराज वन्तको नेतृत्वमा १० सदस्यीय नेपाली फोटोपत्रकार टोली बङ्गलादेश फोटो पत्रकार संघको निमन्त्रणामा ढाका पुगेको हो। कार्यक्रममा सहभागी अतिथि तथा अवलोकनकर्ताहरूले नेपाली फोटोपत्रकारहरूको सिर्जनशीलता र तस्बिरमार्फत प्रस्तुत गरिएको कथावाचनको प्रशंसा गरेका छन्।

अध्यक्ष वन्तका अनुसार यो प्रदर्शनीले नेपाल र बङ्गलादेशका फोटोपत्रकारबीचको व्यावसायिक सम्बन्धलाई थप मजबुत बनाएको छ। उनले यस्ता कार्यक्रमले दुई देशबीच पत्रकारिता क्षेत्रमा सहकार्य, अनुभव आदान–प्रदान तथा संयुक्त गतिविधिका लागि बलियो आधार तयार गर्ने बताएका छन्।

यो समाचारमा

काठमाडौँबंगलादेश

ट्यागहरू

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...