मापदण्डविपरीत धुवाँ फाल्ने ३७ सवारी कारबाहीमा

Author

सजिलो पत्रिका

२०८३ वैशाख १८, शुक्रबार

12
Share
Featured

काठमाडौँ

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले मापदण्डभन्दा बढी धुवाँ फाल्ने सवारीसाधनविरुद्ध कारबाही अभियानलाई तीव्र बनाएको छ। यस क्रममा बिहीबार गरिएको जाँचमा ३७ वटा सवारीसाधन कारबाहीमा परेका छन्।

कलङ्की मन्दिरस्थित सडक खण्डमा सञ्चालन गरिएको प्रदूषण परीक्षणमा वातावरण विभाग बबरमहल र ट्राफिक प्रहरीको संयुक्त टोलीले ४८ वटा सवारीसाधन जाँच गरेको थियो। तीमध्ये ३२ वटा सवारीसाधनले मापदण्डभन्दा बढी धुवाँ उत्सर्जन गरेको पाइएपछि कारबाही गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिएका छन्।

ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने सवारी सञ्चालन गर्दा वायु प्रदूषण बढ्ने र यसले मानव स्वास्थ्यमा गम्भीर असर पार्नुका साथै दुर्घटनाको जोखिमसमेत बढाउने जनाएको छ। त्यसैले सवारीसाधन नियमित जाँच गरी दुरुस्त अवस्थामा मात्र सञ्चालन गर्न चालकहरूलाई आग्रह गरिएको छ।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...