अध्यादेशपछि त्रिभुवन विश्वविद्यालयका पदाधिकारी राजीनामाको तयारीमा

Author

सजिलो पत्रिका

२०८३ वैशाख १७, बिहिबार

15
Share
Featured

काठमाडौँ

त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरूले राजीनामा दिने तयारी गरेका छन्। विश्वविद्यालयका उपकुलपति प्रा.डा. दीपक अर्यालका अनुसार सरकारले राजनीतिक नियुक्ति लिएकाहरूलाई पदमुक्त गर्ने व्यवस्था समेटिएको अध्यादेश ल्याएपछि यस्तो तयारी गरिएको हो।

उपकुलपति अर्यालले आफूहरूबीच छलफल भइरहेको भए पनि अन्तिम निर्णय भइनसकेको बताएका छन्। उनले भने, “हामी सल्लाह गर्दै छौँ, तर निर्णय गरिसकेका छैनौँ।”

त्रिवि स्रोतका अनुसार उपकुलपति अर्यालसँगै शिक्षाध्यक्ष प्रा.डा. खड्ग केसी र रजिस्ट्रार प्रा.डा. केदारप्रसाद रिजालले समेत राजीनामा दिने तयारी गरेका छन्। यस विषयमा विश्वविद्यालयभित्र थप छलफल जारी रहेको बताइएको छ।

यो समाचारमा

त्रिभुवन विश्वविद्यालयकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...