ट्राफिक कारबाहीबाट एकै दिन २२ लाखभन्दा बढी राजस्व संकलन

Author

सजिलो पत्रिका

२०८३ वैशाख १७, बिहिबार

19
Share
Featured

काठमाडौँ

२४ घण्टामा सवारी नियम उल्लङ्घन गर्ने चालकहरूबाट ट्राफिक प्रहरीले कारबाहीमार्फत २२ लाख ७४ हजार ५०४ रुपैयाँ राजस्व सङ्कलन गरेको छ। उक्त अवधिमा कुल २ हजार ४८९ सवारी चालक कारबाहीमा परेका छन्।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय का अनुसार मादक पदार्थ सेवन गरेर सवारी चलाउने ४९ जना, राइड सेयरिङ नियम उल्लङ्घन गर्ने २५८ जना, ट्राफिक सङ्केत उल्लङ्घन गर्ने १७० जना तथा तीव्र गतिमा सवारी चलाउने ११२ जनालाई कारबाही गरिएको छ।

त्यस्तै लेन अनुशासन पालना नगर्ने ३२५ जना, निषेधित क्षेत्रमा हर्न बजाउने ६४ जना, सडक पेटीमा पार्किङ गर्ने १२१ जना, तोकिएको स्थानमा मात्र यात्रु चढाउने–ओराल्ने नियम उल्लङ्घन गर्ने ६२ जना तथा अन्य नियम उल्लङ्घन गर्ने १ हजार ३२८ जनालाई पनि कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...