सरकारले सार्वजनिक यातायातको भाडा ५ प्रतिशतले बढायो

Author

सजिलो पत्रिका

२०८३ वैशाख १६, बुधबार

15
Share
Featured

काठमाडौँ

सरकारले सार्वजनिक यातायातको भाडा पुनः वृद्धि गरेको छ।यातायात व्यवस्था विभागका अनुसार मन्त्रीस्तरको निर्णयअनुसार अन्तरप्रदेशस्तरीय यातायात भाडा ५ प्रतिशतले बढाइएको हो।

विभागका निर्देशक मणि भुसालका अनुसार हिजोको निर्णयपछि यात्रुवाहक तथा ढुवानी दुवै प्रकारका सवारीसाधनमा ५ प्रतिशतले भाडा वृद्धि गरिएको छ। उनले मन्त्रीस्तरको निर्देशनअनुसार भाडा समायोजन गरिएको जानकारी दिए।

सरकारले इन्धन मूल्य, सञ्चालन लागत तथा अन्य आर्थिक सूचकलाई आधार मानेर समय–समयमा सार्वजनिक यातायातको भाडा समायोजन गर्दै आएको छ। नयाँ भाडा दर लागू भएसँगै यात्रुहरूमा थप आर्थिक भार पर्ने देखिएको छ।

यो समाचारमा

काठमाडौँयातायात व्यवस्था विभाग

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    सुनको मूल्य तोलामा एक हजारले बढ्यो, चाँदी पनि महँगियो

    काठमाडौं ।  नेपाली बजारमा मंगलबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ। नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले बढेर २ लाख ८५ हजार ६ सय रुपैयाँ कायम भएको छ। सोमबार सुन प्रतितोला २ लाख ८४ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।त्यस्तै, आज चाँदीको

    Data is loading...

    Loading brands...

    Loading footer...