भृकुटीमण्डप जग्गा भाडा भ्रष्टाचार मुद्दा सर्वोच्चमा सुनुवाइका लागि पेश

Author

सजिलो पत्रिका

२०८३ वैशाख १५, मङ्गलबार

12
Share
Featured

काठमाडौँ

भृकुटीमण्डप
को जग्गा भाडामा दिँदा भएको भनिएको अनियमिततासम्बन्धी भ्रष्टाचार मुद्दाको सुनुवाइका लागि सर्वोच्च अदालतमा पेसी तोकिएको छ। मंगलबार न्यायाधीशद्वय शारङ्गा सुवेदीबालकृष्ण ढकाल को संयुक्त इजलासमा उक्त मुद्दा सुनुवाइका लागि राखिएको हो।

यसअघि विशेष अदालत का तत्कालीन अध्यक्ष श्रीकान्त पौडेलसहित न्यायाधीश शालिग्राम कोइराला र बलभद्र बाँस्तोलाको इजलासले पूर्वमन्त्री बद्रीप्रसाद न्यौपाने सहित ९ जनालाई फनपार्क सञ्चालनसम्बन्धी भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको थियो। उक्त फैसलाविरुद्ध उनीहरूसहित अन्य प्रतिवादी सर्वोच्च अदालत पुगेका हुन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले तत्कालीन मन्त्री तथा समाज कल्याण परिषदका अध्यक्ष बद्रीप्रसाद न्यौपाने, उपाध्यक्ष प्रमोद मेहता, कोषाध्यक्ष कुञ्जविहारीप्रसाद चौधरी, सदस्य मोहनराज शर्मा, मदनकुमार लाल कर्ण, हरि न्यौपाने, सदस्य सचिव रवीन्द्रकुमार यादव तथा फनपार्कका सञ्चालक रवीन्द्र गुरुङ र टेकबहादुर गुरुङविरुद्ध मुद्दा दायर गरेको थियो। उनीहरू सबैमाथि ३१ करोड ५२ लाख रुपैयाँ बराबरको बिगो दाबी गरिएको छ भने केही प्रतिवादीविरुद्ध थप सजायको मागसमेत गरिएको छ।

मुद्दामा भृकुटीमण्डपस्थित करिब ६० रोपनी जग्गा भाडामा दिँदा प्रचलित कानुनी मापदण्ड र प्रक्रिया उल्लंघन गरी अनियमितता गरिएको आरोप छ। २०६९ भदौ २० गते समाज कल्याण परिषद्ले टेकबहादुर गुरुङलाई १५ वर्षका लागि फनपार्क सञ्चालन गर्न उक्त जग्गा मासिक ५ लाख ५५ हजार रुपैयाँमा भाडामा दिने निर्णय गरेको थियो।

अख्तियारले उक्त निर्णयलाई बजार मूल्यको बेवास्ता गर्दै आपसी मिलेमतोमा गरिएको ठहर गर्दै १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो। अहिले सोही मुद्दाको अन्तिम टुंगो लगाउने प्रक्रियाअन्तर्गत सर्वोच्च अदालतमा सुनुवाइ अघि बढ्न लागेको हो।

यो समाचारमा

सर्वोच्च अदालतकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...