काठमाडौँ
सरकारले सशस्त्र प्रहरी बलको महानिरीक्षक (आईजी) पदमा एआईजी नारायणदत्त पौडेललाई नियुक्त गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई आईजीमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी दिएका छन्।
हालका आईजी राजु अर्याल वैशाख १८ गते अवकाशमा जाने भएपछि नयाँ नेतृत्वका लागि नियुक्ति गरिएको हो। अर्यालले २०७९ वैशाख १९ गते सशस्त्र प्रहरीको कमाण्ड सम्हालेका थिए। कानुनी व्यवस्थाअनुसार सशस्त्र प्रहरी प्रमुखको कार्यकाल चार वर्षको हुन्छ।
आईजीको प्रतिस्पर्धामा एआईजी नारायणदत्त पौडेलसँगै वंशीराज दाहाल पनि थिए। पौडेल २०७९ जेठ ६ गते एआईजीमा बढुवा भएका थिए भने दाहाल २०७९ असोज २८ गते बढुवा भएका थिए।
वरीयतामा पहिलो स्थानमा रहेका पौडेललाई नै मन्त्रिपरिषद्ले सशस्त्र प्रहरी प्रमुखमा नियुक्त गरेको हो।