कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बेको नाम प्रस्ताव

Author

सजिलो पत्रिका

२०८३ वैशाख १४, सोमबार

16
Share
Featured

काठमाडौँ

नेपाली काँग्रेसको संसदीय दलको नेताका रूपमा भीष्मराज आङ्देम्बेको नाम प्रस्ताव गरिएको छ। सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा उनको नाम औपचारिक रूपमा अघि सारिएको हो।

बैठकमा सभापति गगन थापाले पूर्वसहमहामन्त्रीसमेत रहेका आङ्देम्बेलाई संसदीय दलको नेता बनाउने प्रस्ताव गरेका हुन्। कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार दलको नेता चयनबारे सहमति जुटाउन बैठकमा विभिन्न प्रस्तावहरू छलफलमा आएका छन्।

यसअघि गत शुक्रबार बसेको कार्यसम्पादन समिति बैठकले उपसभापति विश्वप्रकाश शर्माको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरेको थियो। उक्त समितिलाई उपसभापति पुष्पा भुसाल, महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरेसहित दलको नेता चयन प्रक्रियामा सहजीकरण गर्ने जिम्मेवारी दिइएको थियो।

संसदीय दलको नेता भने सांसदहरूले नै चयन गर्ने भएकाले आज दिउँसो सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक बोलाइएको छ। दिउँसो १ बजे बस्ने बैठकबाट सर्वसम्मत रूपमा दलको नेता चयन गर्ने तयारी गरिएको छ।

कांग्रेसका ३८ जना सांसद रहेका छन्। आङ्देम्बे समानुपातिकतर्फबाट सांसद हुन्।

यो समाचारमा

काठमाडौँगगन थापाविश्वप्रकाश शर्मानेपाली काँग्रेस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...