डोजर चलेको मनोहरा सुकुमबासी बस्तीमा आईजीपी दानबहादुर कार्कीको अवलोकन

Author

सजिलो पत्रिका

२०८३ वैशाख १३, आइतबार

23
Share
Featured

काठमाडौँ

मनोहरा नदी किनारको सुकुमबासी बस्ती खाली गर्ने क्रममा नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की स्थलगत अवलोकनका लागि पुगेका छन्।

आइतबार बिहानदेखि उक्त क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरी डोजर प्रयोग गरेर बस्ती खाली गर्ने काम भइरहेको छ। दुवैतर्फका बस्तीहरू हटाउने क्रममा भूमिहीन तथा सुकुमबासीलाई सुरक्षित स्थानान्तरण गर्ने प्रक्रिया पनि अघि बढाइएको छ।

प्रहरी प्रधान कार्यालयका अनुसार आईजीपी कार्कीले जडीबुटीस्थित मनोहरा फाँट क्षेत्रमा पुगेर सुरक्षा अवस्था र स्थानान्तरण कार्यको वस्तुस्थिति अवलोकन गरेका हुन्।

अवलोकनपछि उनले सम्पूर्ण स्थिति बुझेर फर्किएको प्रहरीले जनाएको छ।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...