उच्च अदालत बुटवलको जग्गा खाली हुँदै, स्थानीयले आफैं हटाउन थाले घरटहरा

Author

सजिलो पत्रिका

२०८३ वैशाख १३, आइतबार

18
Share
Featured

काठमाडौँ

बुटवल उपमहानगरपालिकाको सूचनापछि उच्च अदालतको स्वामित्वमा रहेको जग्गामा निर्माण गरिएका घर–टहरा हटाउने कार्य सुरु भएको छ। बुटवल–४ क्षेत्रमा रहेका स्थानीय बासिन्दाले घरटहरा खाली गर्न आफैं पहल थालेका हुन्।

हिजो साँझ माइकिङ गर्दै संरचना हटाउन आग्रह गरिएपछि स्थानीयले गएरातिदेखि नै आफ्नो सामान सार्न थालेका थिए। आज बिहानदेखि केही टहराधनीले आफ्ना संरचना भत्काउँदै अन्यत्र सर्ने क्रम जारी राखेका छन्।

उच्च अदालत तुलसीपुरको बुटवल इजलास अगाडि रहेको सरकारी जग्गामा बसोबास गर्दै आएका बस्ती हटाउने कार्य तीव्र बनाइएको छ। उक्त क्षेत्रमा करिब दुई दर्जन घर–टहरा रहेको जनाइएको छ।

साबिक कित्ता नम्बर ३९६ (हाल कित्ता नम्बर ७८१२६११३४) मा पर्ने करिब २ बिघा ५ कट्ठा १४ धुर क्षेत्रफलमा निर्माण गरिएका संरचना हटाउन उपमहानगरपालिकाले सार्वजनिक सूचना जारी गरेको थियो। सो जग्गा पहिले लुम्बिनी अञ्चलाधीश कार्यालयको नाममा रहेको र पछि उच्च अदालतलाई भोगाधिकार दिइएको हो।

इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी निशान्त श्रीवास्तवका अनुसार नापी कार्य सम्पन्न भएपछि आवश्यक परे डोजर प्रयोग गरिने जनाइएको छ।

यो समाचारमा

बुटवल उपमहानगरपालिकाकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...