उपत्यकामा २४ घण्टामा २,९०३ चालक ट्राफिक कारबाहीमा, २५ लाखभन्दा बढी राजस्व संकलन

Author

सजिलो पत्रिका

२०८३ वैशाख १२, शनिबार

25
Share
Featured

काठमाडौँ


बितेका २४ घण्टामा उपत्यकामा सवारी नियम उल्लङ्घन गर्ने २ हजार ९०३ जना चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ। सो कारबाहीबाट राज्यकोषमा २५ लाख ५६ हजार रुपैयाँ राजस्व संकलन भएको छ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेर सवारी चलाउने १२७ जना, नियमविपरीत राइड सेयरिङ गर्ने २८१ जना तथा ट्राफिक सङ्केत उल्लङ्घन गर्ने २०० जनालाई कारबाही गरिएको हो। त्यस्तै तीव्र गतिमा सवारी चलाउने १७६ जना पनि कारबाहीमा परेका छन्।

यसैगरी लेन अनुशासन पालना नगर्ने ३१२ जना, निषेधित क्षेत्रमा हर्न बजाउने ६५ जना, तोकिएको स्थानमा यात्रु चढाउने र ओराल्ने नियम उल्लङ्घन गर्ने ७४ जना तथा अन्य सवारी नियम उल्लङ्घन गर्ने १ हजार ४९९ जनालाई पनि ट्राफिक प्रहरीले कारबाही गरेको जनाएको छ।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...