सरकारको निर्णयविरुद्ध सुकुमबासी बस्तीमा प्रदर्शन, पुनर्वासबिना हटाउने कदमको विरोध

Author

सजिलो पत्रिका

२०८३ वैशाख ११, शुक्रबार

19
Share
Featured

काठमाडौँ

सुकुमबासी बस्ती खाली गराउने सरकारको निर्णयविरुद्ध प्रभावित बस्तीमा प्रदर्शन भएको छ। थापाथलीको बागमती किनारलगायत विभिन्न स्थानमा बसोबास गर्दै आएका सुकुमबासीहरूले शुक्रबार सरकारविरुद्ध विरोध प्रदर्शन गरेका हुन्।

प्रदर्शनमा राष्ट्रिय जेनजी नागरिक अभियानले पनि समर्थन जनाएको थियो। प्रदर्शनकारीहरूले विकासका नाममा उठिबास गराउन नहुने, गरिबमाथि अन्याय रोक्नुपर्ने, पुनर्वासबिना हटाउने निर्णय स्वीकार्य नहुने र वास्तविक सुकुमबासीको पहिचान गर्नुपर्ने माग राखेका थिए।

अभियानका सह–संयोजक अजय सोडारीले सुकुमबासीको अधिकार र हितका लागि आफूहरूको समर्थन रहेको बताउँदै सरकारले डोजर चलाएर त्रास फैलाएको आरोप लगाए। उनले वास्तविक सुकुमबासीको उचित व्यवस्थापनपछि मात्र अन्य कदम चाल्नुपर्ने धारणा राखे।

यसैबीच, शनिबारदेखि बस्ती खाली गराउने जानकारी आएपछि केही सुकुमबासीले आफ्ना सामान सार्न सुरु गरेका छन्। भूमिहीन दलित, सुकुमबासी र अव्यवस्थित बसोबासीलाई हटाउने सरकारी निर्णयपछि उनीहरू स्थानान्तरणमा जुटेका हुन्।

प्रधानमन्त्रीले सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गरी बस्ती खाली गराउन निर्देशन दिएको बताइएको छ। सो निर्देशनपछि उपत्यकाका विभिन्न सुकुमबासी बस्तीमा डोजर प्रयोग गरी हटाउने तयारी गरिएको छ।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    सहरी क्षेत्रको डुबान रोक्न व्यास नगरपालिकाले फोहर पानी प्रशोधन केन्द्रसहितको गुरुयोजना बनाउने

    तनहुँ । व्यास नगरपालिकाले पूर्वाधार विकासलाई उच्च प्राथमिकतामा राख्दै सडक स्तरोन्नति, ढल व्यवस्थापन, विद्युतीकरण, सिँचाइ तथा नदी नियन्त्रणका कार्यक्रम अघि सारेको छ ।नगरप्रमुख वैकुण्ठ न्यौपानेले नगरभित्रका सडकलाई वर्षभरि नै सञ्चालनयोग्य बनाउने तथा योजनाबद्ध रूपमा स्तरोन्नति गर्ने नीति लिइएको जानकारी दिए । उनका अनुसार नगरभित्रका सडकको लगत कट्टा गर्दै आवश्यक सडकलाई

    Data is loading...

    Loading brands...

    Loading footer...