पूर्वराजा ज्ञानेन्द्र पोखरा आइपुगे, गोरखनाथ मन्दिर दर्शन गर्ने कार्यक्रम

Author

सजिलो पत्रिका

२०८३ वैशाख ११, शुक्रबार

21
Share
Featured

काठमाडौँ

पूर्वराजा ज्ञानेन्द्र शाह पोखरा आइपुगेका छन्। उनी बुद्ध एयरको जहाजमार्फत पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्। शाहसँगै उनकी धर्मपत्नी कोमल शाह पनि पोखरा आएका छन्।

उनी पोखरा लेकसाइडस्थित होटल सोल्टीमा बस्ने कार्यक्रम रहेको छ। हालसम्म उनको विस्तृत कार्यतालिका सार्वजनिक गरिएको छैन।

शाह निकट स्रोतका अनुसार उनी गोरखनाथ मन्दिरको दर्शन गर्ने कार्यक्रम रहेको छ। अन्य कार्यक्रम भने पछि तय गरिने जनाइएको छ।

पूर्वराजा ज्ञानेन्द्र लोकतन्त्र दिवसकै दिन पोखरा आएको विषयलाई लिएर विभिन्न अनुमानहरू भए पनि यसपटक कुनै राजनीतिक भेटघाट नहुने बताइएको छ। उनी केही समयअघि पनि पोखरामा लामो समय बसेका थिए।

यो समाचारमा

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलकाठमाडौँकोमल शाहबुद्ध एयर
ज्ञानेन्द्र शाह5 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ

    जनकपुरधाम : यसवर्ष समयमै वर्षा नहुँदा असारको अन्तिमसम्म मधेस प्रदेशमा करिब ५८ प्रतिशत खेतीयोग्य जग्गामा धान रोपाइँ भएको छ । मधेस प्रदेश कृषि विकास निर्देशनालय नक्टाझिज धनुषाका अनुसार असारसम्ममा मधेस प्रदेशमा कुल क्षेत्रफलको ५७ दशमलव ९३ प्रतिशत हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको हो । त्यसमध्ये सबैभन्दा बढी सिरहामा ८० प्रतिशत क्षेत्रफलमा

    Data is loading...

    Loading brands...

    Loading footer...