स्वास्थ्य बीमा सेवा अब डिजिटल कार्डमार्फत पनि उपलब्ध गराउन निर्देशन

Author

सजिलो पत्रिका

२०८३ वैशाख ११, शुक्रबार

20
Share
Featured

काठमाडौँ

स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमितलाई भौतिक बीमा कार्ड नभए पनि डिजिटल माध्यमबाट सेवा उपलब्ध गराउन सबै स्वास्थ्य सेवा प्रदायक संस्थालाई निर्देशन दिएको छ।

बोर्डले जारी गरेको सूचनामा बीमित नागरिकलाई सहज सेवा उपलब्ध गराउने उद्देश्यले अब नागरिक एप, एचआईबी प्रोफाइल तथा अन्य डिजिटल माध्यममार्फत उपलब्ध क्युआर कोड स्क्यान गरी सेवा लिन सकिने व्यवस्था लागू गरिएको उल्लेख छ।

बोर्डका अनुसार यो निर्णय २०८० फागुन २४ गते बसेको बैठकबाट नै गरिएको हो र सोहीअनुसार परिपत्र पनि जारी भइसकेको छ। तर केही स्वास्थ्य संस्थाले अझै डिजिटल प्रणालीमार्फत सेवा नदिएको गुनासो आएपछि पुनः कडाइका साथ कार्यान्वयन गर्न निर्देशन दिइएको हो।

वरिष्ठ मेडिकल सुपरिन्टेन्डेन्ट डा. पवन कुमार साहद्वारा हस्ताक्षरित सूचनामा बीमित नागरिकको सहजता र सेवा पहुँचलाई प्राथमिकतामा राख्दै डिजिटल प्रणाली पूर्ण रूपमा लागू गर्न सबै संस्थालाई आग्रह गरिएको छ।

यो समाचारमा

काठमाडौँस्वास्थ्य बीमा बोर्ड

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भरतपुर अस्पताललाई ९२ करोड बढी भुक्तानी

    चितवन । भरतपुर अस्पतालले रु ९२ करोड ३६ लाख ४२ हजार ९४७ भुक्तानी पाएको छ । बिमा गरेका सेवाग्राहीसँग अस्पतालले असुल गर्नुपर्ने उक्त रकम बिमा बोर्डले उपलब्ध गराएको हो ।  स्वास्थ्य संस्थाका बिमा कार्यक्रम प्रमुख लिलाधर पौडेल उपचारवापत अझै रु ३६ करोड असुल हुन बाँकी रहेको जानकारी दिए ।  संस्थाले विसं २०७४

    Data is loading...

    Loading brands...

    Loading footer...