६ पूर्व कर्मचारीलाई सरकारी कागजात बुझाउन ७ दिने अल्टिमेटम

Author

सजिलो पत्रिका

२०८३ वैशाख ११, शुक्रबार

23
Share
Featured
  • बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्ले ६ पूर्व कर्मचारीलाई सरकारी कागजात र जिन्सी बुझाउन ७ दिनको अल्टिमेटम दिएको छ।
  • ती कर्मचारीहरूले पटक–पटकको अनुरोध अटेर गर्दै कागजात लुकाएको आरोप परिषद्ले लगाएको छ।
  • तोकिएको समयभित्र सामग्री नबुझाए कानुनी कारबाही अघि बढाइने चेतावनी दिइएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्ले निलम्बन तथा बर्खास्त गरिएका ६ जना पूर्व कर्मचारीलाई सरकारी कागजात र जिन्सी सामग्री बुझाउन सात दिनको अल्टिमेटम दिएको छ। परिषद्ले पटक–पटकको अनुरोध अटेर गरिएको भन्दै कडा चेतावनीसहित सूचना जारी गरेको हो।

परिषद्का अध्यक्ष शीतल साह पूर्वेले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै महत्वपूर्ण सरकारी कागजात लुकाएको आरोप लगाएका छन्। उनले ती पूर्व कर्मचारीलाई तत्काल कार्यालयमा उपस्थित भई बर–बुझारथ गर्न निर्देशन दिएका छन्।

परिषद्का अनुसार वरिष्ठ प्रशासकीय अधिकृत चिरञ्जीवी ढुङ्गाना, कम्प्युटर अधिकृत कृष्णमुरारी सिंह, अधिकृत जितेन्द्र कुमार यादव, लेखापाल सबिता कुमारी गिरी, स्टोर किपर मदन कुमार चौधरी र नायब सुब्बा सञ्जय कुमार मण्डलले हालसम्म पनि कागजात तथा सामग्री हस्तान्तरण गरेका छैनन्।

उनीहरूमध्ये अधिकांश विशेष अदालत काठमाडौँमा विचाराधीन मुद्दामा प्रतिवादी रहेको समेत जनाइएको छ। विशेष अदालतले २०८२ चैत २ गते नै सक्कल कागजात झिकाउन आदेश दिए पनि सम्बन्धित कर्मचारीहरूले कागजात लुकाएको परिषद्को दाबी छ।

अध्यक्ष पूर्वेलाई विशेष अदालतबाट प्राप्त पत्रका आधारमा सूचना जारी गरिएको हो। सूचनामा सात दिनभित्र कागजात र जिन्सी सामग्री बुझाएर भरपाई नगरे कानुनअनुसार कडा कारबाही अघि बढाइने चेतावनी दिइएको छ।

यो समाचारमा

काठमाडौँजनकपुर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...