विदेशी नागरिकता लिएको पुष्टि भएपछि १७ डाक्टरको दर्ता खारेज

Author

सजिलो पत्रिका

२०८३ वैशाख ११, शुक्रबार

18
Share
Featured

काठमाडौँ

नेपाल मेडिकल काउन्सिलले १७ जना चिकित्सकको नाम दर्ता खारेज गरेको छ। नेपाली नागरिकता परित्याग गरी विदेशी नागरिकता तथा राहदानी लिएको पुष्टि भएपछि उनीहरूको दर्ता खारेज गरिएको हो।

काउन्सिलले शुक्रबार सूचना जारी गर्दै नेपाल मेडिकल काउन्सिल ऐन २०२०, नियमावली २०२४ र नेपाल नागरिकता ऐन २०६३ बमोजिम उक्त निर्णय गरिएको जनाएको छ। निर्णय सूचनामा प्रकाशित मितिदेखि नै लागू हुने काउन्सिलले स्पष्ट पारेको छ।

खारेज गरिएका चिकित्सकहरूले बेलायत, अमेरिका, अष्ट्रेलिया, क्यानडा, हङकङ, पोर्चुगल र भारतको नागरिकता लिएको पाइएको छ। दर्ता खारेज हुनेमा डा. शर्मिला गुरुङ, डा. रोशन भुषाल, डा. मोति गुरुङ, डा. देवराज रेग्मी, डा. मेरिना गुरुङ, डा. निरञ्जन देव पाण्डे, डा. रोजन केसी, डा. ममता गुरुङ, डा. राजिव हमाल र डा. सलुजा सिंह थारू रहेका छन्।

त्यसैगरी डा. सुजना के.सी., डा. जोस्ना शाही, डा. मनिषा हमाल, डा. सुप्रिया शाक्य, डा. इच्छा न्यौपाने, डा. दिपेन ढकाल र डा. तुषार सरवजनाको पनि नाम दर्ता खारेज गरिएको काउन्सिलले जनाएको छ। कानुनी व्यवस्था अनुसार नेपाली नागरिकका रूपमा दर्ता भएका चिकित्सकले विदेशी नागरिकता लिएपछि उनीहरूको दर्ता स्वतः अवैध हुने प्रावधान रहेको छ।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भरतपुर अस्पताललाई ९२ करोड बढी भुक्तानी

    चितवन । भरतपुर अस्पतालले रु ९२ करोड ३६ लाख ४२ हजार ९४७ भुक्तानी पाएको छ । बिमा गरेका सेवाग्राहीसँग अस्पतालले असुल गर्नुपर्ने उक्त रकम बिमा बोर्डले उपलब्ध गराएको हो ।  स्वास्थ्य संस्थाका बिमा कार्यक्रम प्रमुख लिलाधर पौडेल उपचारवापत अझै रु ३६ करोड असुल हुन बाँकी रहेको जानकारी दिए ।  संस्थाले विसं २०७४

    Data is loading...

    Loading brands...

    Loading footer...