उचित विकल्पबिना सुकुमबासी हटाउनु राज्य आतंक : हर्क साम्पाङ

Author

सजिलो पत्रिका

२०८३ वैशाख ११, शुक्रबार

24
Share
Featured

काठमाडौँ

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ) ले देशका विभिन्न स्थानमा रहेका सुकुमबासी बस्ती हटाउने सरकारी कदमप्रति आपत्ति जनाएका छन्। सरकारले डोजर चलाएर गरिब नागरिकलाई बेघर बनाउने प्रयास गरेको भन्दै उनले विरोध गरेका हुन्।

एक विज्ञप्ति जारी गर्दै उनले संविधानको धारा ३७ ले सुनिश्चित गरेको आवासको हक विपरीत सरकारले बस्तीहरू भत्काएको उल्लेख गर्दै खेद प्रकट गरेका छन्। उनले उचित क्षतिपूर्तिसहित पुनर्वास र व्यवस्थापन नगरी यस्तो कदम चाल्नु गलत भएको बताएका छन्।

विज्ञप्तिमा जनताको घर भत्काउने, बेघर बनाउने, डरत्रास देखाउने तथा बल प्रयोग गर्ने कार्यले सरकारको निरंकुश चरित्र झल्किएको उल्लेख गरिएको छ। दशकौँदेखि बसोबास गर्दै आएका सुकुमबासीले आफ्नो जीवनभरको कमाइ लगाएर घर बनाएको भन्दै ती बस्तीहरू तत्कालीन राज्य संयन्त्रको मौन सहमति वा इजाजतबिनै बसेका होइनन् भन्ने तर्क पनि उनले गरेका छन्।

उचित व्यवस्थापन नगरी सुकुमबासीलाई विस्थापित गर्दा सुशासन, आर्थिक उन्नति र विकास सम्भव नहुने उनको भनाइ छ। साथै, सुकुमबासीलाई सडकमा पुर्‍याउने नीति पूर्ण रूपमा गलत भएको उल्लेख गर्दै श्रम संस्कृति पार्टीले यस्ता गतिविधिको कडा निन्दा र भर्त्सना गरेको छ।

पार्टीले नागरिक सर्वोच्चताको सम्मान गर्न र मानवअधिकारको संरक्षण गर्न सरकारको ध्यानाकर्षण समेत गराएको छ।

यो समाचारमा

हर्कराज राईकाठमाडौँश्रम संस्कृति पार्टी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    डा. देवेन्द्रराज पाण्डेको निधनमा राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिक आन्दोलनका अगुवा डा. देवेन्द्रराज पाण्डेको निधनमा गहिरो दुःख व्यक्त गर्दै समवेदना प्रकट गरेका छन्। शुक्रबार पाण्डेको निवास विशालनगर पुगेर राष्ट्रपतिका प्रेस सल्लाहकार र स्वकीय सचिवले हस्तान्तरण गरेको सन्देशमा राष्ट्रपतिले पाण्डेलाई 'निर्भीक र सत्यको पक्षपाती निष्ठावान लोकतन्त्रवादी' को संज्ञा दिएका छन्।राष्ट्रपति पौडेलले २०३६ सालमा सरकारी

    Data is loading...

    Loading brands...

    Loading footer...