कम्युनिष्ट आन्दोलनलाई पुनर्गठन गर्न झलनाथ खनालको आह्वान

Author

सजिलो पत्रिका

२०८३ वैशाख ०९, बुधबार

19
Share
Featured
  • पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले कम्युनिष्ट आन्दोलनलाई नयाँ ढङ्गले पुनर्गठन गर्न आह्वान गरेका छन्।
  • वामपन्थी शक्तिको कमजोर अवस्थालाई समीक्षा गर्दै नेतृत्वले आत्मालोचना गर्नुपर्ने बताएका छन्।
  • एकता र नयाँ रणनीतिबाट मात्र ‘समृद्ध नेपाल’ को लक्ष्य हासिल हुने उनको निष्कर्ष छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले नेपाली कम्युनिष्ट आन्दोलनको ७७औँ स्थापना दिवसको अवसरमा पार्टी र आन्दोलनलाई नयाँ ढङ्गले पुनर्गठन गर्न आह्वान गरेका छन्।

विज्ञप्ति जारी गर्दै खनालले ७७ वर्षको सङ्घर्षबाट देशमा गणतन्त्र स्थापना भए पनि सामाजिक–आर्थिक रूपान्तरण हुन नसकेको र जनताका आधारभूत आवश्यकता पूरा नहुँदा व्यापक असन्तोष चुलिएको बताए। उनले २०७४ को निर्वाचनमा उल्लेख्य सफलता पाएको वामपन्थी शक्ति २०८२ को निर्वाचनमा आइपुग्दा निकै खुम्चिनुलाई गम्भीर चिन्ताको विषय भन्दै यसको गहिरो समीक्षा हुनुपर्नेमा जोड दिए।

नेता खनालले नेतृत्वले आफ्ना कमजोरी लुकाउन कार्यकर्तामाथि दोष थोपर्ने प्रवृत्ति त्याग्नुपर्ने बताए। "नेताहरूले आत्मालोचना गर्दै पार्टीलाई वैचारिक, राजनीतिक र सङ्गठनात्मक रूपमा रूपान्तरण गर्नुपर्छ," उनले भने। बदलिएको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सन्दर्भमा नयाँ रणनीति तय गर्दै सम्पूर्ण कम्युनिष्ट शक्ति एकताबद्ध भएमा मात्र 'समृद्ध नेपाल र सुखी नेपाली' को लक्ष्य प्राप्त गर्न सकिने खनालको निष्कर्ष छ। उनले वर्तमान चुनौतीहरू अस्थायी रहेको र समाजवादी लक्ष्य अन्ततः हासिल हुने विश्वास समेत व्यक्त गरे।

यो समाचारमा

काठमाडौँझलनाथ खनालनेपाली कम्युनिष्ट पार्टी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    काठमाडौँमा ९३ मिलिमिटर वर्षा, मकवानपुर र म्याग्दीमा वर्षियो सबैभन्दा धेरै पानी

    काठमाडौं । काठमाडौँ उपत्यकासहित देशका अधिकांश स्थानमा अहिले वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही ठाउँमा मात्रै वर्षा भएको जनाउँदै अन्य प्रदेशका अधिकांश स्थानमा वर्षा भइरहेको उल्लेख गरेको छ ।ती क्षेत्रहरूमध्ये केही ठाउँमा भारीदेखि अति भारीसम्म वर्षा भएका छन् भने केही

    Data is loading...

    Loading brands...

    Loading footer...