एम्नेस्टी इन्टरनेसनलको प्रतिवेदन : नेपालमा मानवअधिकार अवस्था अझै चुनौतीपूर्ण

Author

सजिलो पत्रिका

२०८३ वैशाख ०८, मङ्गलबार

29
Share
Featured

काठमाडौँ

एम्नेस्टी इन्टरनेसनलले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदनले नेपालको मानवअधिकार अवस्था अझै पनि चुनौतीपूर्ण रहेको निष्कर्ष निकालेको छ। मंगलबार सार्वजनिक गरिएको प्रतिवेदनले सन् २०२५ भित्रका घटनाक्रम र प्रवृत्तिहरूको विश्लेषण गरेको हो।

प्रतिवेदनमा नेपालमा अभिव्यक्ति स्वतन्त्रता र शान्तिपूर्ण भेला हुन पाउने अधिकार क्रमशः सङ्कुचित हुँदै गएको उल्लेख गरिएको छ। साथै, संक्रमणकालीन न्याय प्रक्रिया लामो समयदेखि ढिलाइमा परेको भन्दै द्वन्द्वपीडितले पाउनुपर्ने सत्य, न्याय र परिपूरण अझै सुनिश्चित हुन नसकेकोमा चिन्ता व्यक्त गरिएको छ।

त्यसैगरी, कारागारमा कैदीबन्दीहरूको आधारभूत अधिकार हनन, जातीय विभेद, लैङ्गिक हिंसा तथा आदिवासी जनजातिहरूको अधिकारमाथि चुनौती कायमै रहेको प्रतिवेदनले औँल्याएको छ। आर्थिक र सामाजिक अधिकारका क्षेत्रमा पनि अवस्था सन्तोषजनक नभएको उल्लेख गर्दै आवास अधिकार कार्यान्वयनमा सरकार असफल भएको निष्कर्ष निकालिएको छ।

वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकमाथि हुने ठगी र कार्यस्थलमा हुने दुर्व्यवहारका घटनाले श्रमिक असुरक्षित रहेको अवस्थालाई देखाएको प्रतिवेदनमा उल्लेख छ।

एम्नेस्टी इन्टरनेसनलले विश्वभर १४४ देशको अवस्थालाई समेटेर तयार पारेको प्रतिवेदनमा अधिनायकवादी प्रवृत्ति, डिजिटल दमन र कृत्रिम बुद्धिमत्ताको दुरुपयोगले मानवअधिकारमा नयाँ चुनौती थपिएको पनि उल्लेख गरिएको छ।

संस्थाले नेपाल सरकारलाई शान्तिपूर्ण विरोधलाई अपराधीकरण नगर्न, नागरिक अधिकारको संरक्षण गर्न र मानवअधिकार उल्लङ्घनका घटनामा जवाफदेहिता सुनिश्चित गर्न आग्रह गरेको छ।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...