रातो मच्छिन्द्रनाथको रथयात्रा आजदेखि सुरु

Author

सजिलो पत्रिका

२०८३ वैशाख ०८, मङ्गलबार

24
Share
Featured

काठमाडौँ

वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको वार्षिक रथयात्रा मंगलबारदेखि सुरु हुँदैछ। ललितपुरको पुल्चोकमा निर्माण गरिएको ३२ हात लामो रथलाई आज साँझदेखि तानेर यात्रा प्रारम्भ गरिनेछ।

परम्पराअनुसार रथ तान्नुअघि गुरुज्यूको पल्टनले सलामी दिनेछ भने विभिन्न टोलका बाजागाजा समूहको सहभागितामा रथलाई पुल्चोकबाट गाःबहालसम्म पुर्‍याइनेछ। यात्राका क्रममा विभिन्न स्थानमा रथ रोकेर पूजा गर्ने र स्थानीयले जात्रा भोज खुवाउने परम्परा रहिआएको छ।

साइतअनुसार सुरु गरिएको रथयात्रा गाःबहालपछि मंगलबजार, सुनधारा, चक्रवहिल हुँदै लगनखेलको थटीटोलसम्म पुर्‍याइनेछ। थटीटोलमा नरिवल खसाल्ने जात्रा सम्पन्न भएपछि पुनः साइतअनुसार रथ जावलाखेल लगिनेछ।

जावलाखेलमा भोटो जात्रा प्रदर्शन गरेपछि सोही दिन रातो मच्छिन्द्रनाथलाई बुङमतीस्थित मन्दिरमा लगेर राखिने परम्परा रहेको छ।

यो समाचारमा

काठमाडौँललितपुर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...