कांग्रेस संसदीय दलको नेता चयनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक

Author

सजिलो पत्रिका

२०८३ वैशाख ०७, सोमबार

15
Share
Featured

काठमाडौँ

नेपाली काँग्रेसले संसदीय दलको नेता चयनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ। दलको नेता चयन गर्ने प्रक्रिया अघि बढाउन सोमबार निर्वाचन समितिले औपचारिक तालिका सार्वजनिक गरेको हो।

जारी कार्यतालिका अनुसार वैशाख ९ गते विधान तथा निर्वाचन निर्देशिका सम्बन्धी छलफल गरिनेछ। त्यसपछि वैशाख १० गते दिउँसो १ बजे मतदाता नामावली प्रकाशन गरिने, १:३० बजे दाबी–विरोधको समय दिइने र १:४५ बजे दाबी–विरोधमाथि जाँचबुझ गरिनेछ। सोही दिन दिउँसो २ बजे अन्तिम नामावली प्रकाशित गरिनेछ।

त्यस्तै वैशाख ११ गते बिहान ११ बजेदेखि १२ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय तोकिएको छ। त्यसपछि १२:१० बजे उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशित गरिनेछ।

कार्यतालिकाअनुसार सोही दिन दिउँसो ४ बजेदेखि ५ बजेसम्म मतदान प्रक्रिया सञ्चालन गरिनेछ। निर्वाचन समितिले सम्पूर्ण प्रक्रिया तोकिएको समयमै सम्पन्न गर्ने जनाएको छ।

यो समाचारमा

नेपाली काँग्रेसकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...