पूर्वराजा ज्ञानेन्द्र शाहको यसै साता पोखरा भ्रमण तय

Author

सजिलो पत्रिका

२०८३ वैशाख ०६, आइतबार

20
Share
Featured

काठमाडौँ

पूर्वराजा ज्ञानेन्द्र शाह यसै साता पोखरा भ्रमणमा जाने भएका छन्। उनका संवाद सचिव फणि पाठक ले आइतबार सूचना जारी गर्दै पूर्वराजा शाह र उनकी पत्नी कोमल राज्य लक्ष्मी देवी शाह को पोखरा भ्रमण तय भएको जानकारी दिएका हुन्।

भ्रमणका क्रममा पूर्वराजा शाहले विभिन्न कार्यक्रममा सहभागिता जनाउनुका साथै शुभेच्छुकहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको जनाइएको छ।

यसअघि नयाँ वर्षको अवसरमा जारी शुभकामना सन्देशमा ज्ञानेन्द्र शाह वर्तमान सरकारप्रति केही नरम देखिएका थिए, जसले उनको पछिल्लो गतिविधिप्रति थप चासो बढाएको छ।

यो समाचारमा

ज्ञानेन्द्र शाहकाठमाडौँपोखरा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ

    जनकपुरधाम : यसवर्ष समयमै वर्षा नहुँदा असारको अन्तिमसम्म मधेस प्रदेशमा करिब ५८ प्रतिशत खेतीयोग्य जग्गामा धान रोपाइँ भएको छ । मधेस प्रदेश कृषि विकास निर्देशनालय नक्टाझिज धनुषाका अनुसार असारसम्ममा मधेस प्रदेशमा कुल क्षेत्रफलको ५७ दशमलव ९३ प्रतिशत हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको हो । त्यसमध्ये सबैभन्दा बढी सिरहामा ८० प्रतिशत क्षेत्रफलमा

    Data is loading...

    Loading brands...

    Loading footer...