मन्त्रीहरूलाई नयाँ मोबाइल दिने कुरा झूटो हो, भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह

Author

सजिलो पत्रिका

२०८३ वैशाख ०६, आइतबार

21
Share
Featured
  • सञ्चारमन्त्री बिक्रम तिमिल्सिनाले मन्त्रीहरूलाई नयाँ मोबाइल दिने हल्ला पूर्ण रूपमा झूटो भएको स्पष्ट पारे।
  • नागरिकलाई सामाजिक सञ्जालका सूचना स्रोत जाँचेर मात्र विश्वास गर्न आग्रह गरे।
  • सरकारले पारदर्शिता, भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता र जनताका समस्या सुनेर काम गर्ने प्रतिबद्धता जनाएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले सरकारले सबै मन्त्रीहरूलाई नयाँ मोबाइल फोन दिने तयारी गरिरहेको भन्ने हल्ला पूर्ण रूपमा झूटो र बनावटी भएको स्पष्ट पारेका छन्। आइतबार नुवाकोटको लिखु गाउँपालिका–६ छहरे बजारमा स्थानीयसँगको भेटघाटमा मन्त्री तिमिल्सिनाले यस्तो स्पष्टीकरण दिएका हुन्।

उनले सामाजिक सञ्जालमा फैलिने सूचनाको सत्यता र स्रोत जाँच गरेर मात्र विश्वास गर्न नागरिकहरूलाई आग्रह गरे। "सरकारप्रति अनावश्यक अविश्वास फैलाउने नियतले केही व्यक्तिले जानाजानी यस्ता भ्रम फैलाएका हुन्," उनले भने। मन्त्री तिमिल्सिनाले सरकार जनताको करको सही सदुपयोग गर्न र भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति अपनाउन प्रतिबद्ध रहेको बताए।

सत्यमा आधारित प्रश्नले सरकारलाई जवाफदेही बनाउने उल्लेख गर्दै उनले खराब नियतले सम्प्रेषण हुने गलत सूचना पहिचान गर्न आवश्यक रहेको बताए। अब बोल्नेभन्दा काम गरेर देखाउने समय आएको भन्दै उनले सरकारले गाउँ–गाउँमा पुगेर नागरिकका समस्या सुन्ने र त्यसकै आधारमा नीति बनाउने योजना रहेको जानकारी दिए।

यो समाचारमा

विक्रम तिमिल्सिनालिखु गाउँपालिकाकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...