ललितपुरमा रातो मच्छिन्द्रनाथको रथारोहण

Author

सजिलो पत्रिका

२०८३ वैशाख ०६, आइतबार

24
Share
Featured

ललितपुर, ६ वैशाखः ऐतिहासिक तथा सांस्कृतिक रूपमा ललितपुरमा मनाउँदै आएको उपत्यकाकै सबैभन्दा लामो जात्राका रूपमा परिचित रातो मच्छिन्द्रनाथको रथारोहण भएको छ । वर्षा र सहकालको देवताका रुपमा हरेक वर्ष मनाइने यस जात्राअनुसार यस वर्ष पनि तिथिअनुसार शनिबार रथारोहण गरिएको हो । गुठी संस्थानका अनुसार रथ निर्माण सम्पन्न भएसँगै शनिबार मच्छिन्द्रबहालबाट रातो मच्छिन्द्रनाथको मूर्ति पुलचोक पुर्याई पूजाअर्चना गरी रथमा विराजमान गराइएको हो ।

रथ निर्माणसँग सम्बन्धित बाराही नाइके प्रेम महर्जनका अनुसार पूजाहारी जलपानेजु र खलपानेजुमार्फत विधिपूर्वक पूजा सम्पन्न गरी रथारोहण गरिएको हो । तिथिअनुसार आगामी वैशाख ८ गते बेलुकी पुलचोकबाट रथ तानेर गाबहालतर्फ तानिनेछ ।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    डा. देवेन्द्रराज पाण्डेको निधनमा राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिक आन्दोलनका अगुवा डा. देवेन्द्रराज पाण्डेको निधनमा गहिरो दुःख व्यक्त गर्दै समवेदना प्रकट गरेका छन्। शुक्रबार पाण्डेको निवास विशालनगर पुगेर राष्ट्रपतिका प्रेस सल्लाहकार र स्वकीय सचिवले हस्तान्तरण गरेको सन्देशमा राष्ट्रपतिले पाण्डेलाई 'निर्भीक र सत्यको पक्षपाती निष्ठावान लोकतन्त्रवादी' को संज्ञा दिएका छन्।राष्ट्रपति पौडेलले २०३६ सालमा सरकारी

    Data is loading...

    Loading brands...

    Loading footer...