पेट्रोलियम मूल्यवृद्धि फिर्ता गर्न उज्यालो नेपाल पार्टीको दबाब

Author

सजिलो पत्रिका

२०८३ वैशाख ०५, शनिबार

26
Share
Featured

काठमाडौँ

उज्यालो नेपाल पार्टीले पेट्रोलियम पदार्थमा भइरहेको निरन्तर मूल्यवृद्धिप्रति गम्भीर आपत्ति जनाउँदै सरकारको ध्यानाकर्षण गराएको छ। पार्टीले शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै वर्तमान सरकार गठनपछि इन्धन बजारमा स्थिरता आउने अपेक्षा गरिएको भए पनि उल्टै पटक–पटक मूल्य बढाइएको जनाएको छ।

पार्टीका अनुसार इन्धनको मूल्यवृद्धिले पेट्रोल पम्पमै सीमित नरही यातायात, ढुवानी, कृषि, निर्माण, उद्योग, व्यापार, शिक्षा, स्वास्थ्य र घरपरिवारको दैनिक खर्चसम्म व्यापक असर पार्ने गर्दछ। एक पटक मूल्य बढेपछि पछि घट्दा पनि अन्य वस्तु तथा सेवाको मूल्य पुरानै स्तरमा नफर्कने भएकाले यसले महँगी बढाउने वातावरण सिर्जना गर्ने पार्टीको भनाइ छ।

उज्यालो नेपाल पार्टीले दक्षिण एसियाका अन्य देशहरूले कर समायोजन, अनुदान र सहुलियतमार्फत जनतालाई राहत दिइरहेको अवस्थामा नेपालमा त्यस्तो प्रभावकारी हस्तक्षेप नदेखिएको उल्लेख गरेको छ। हाल काठमाडौँमा पेट्रोल प्रतिलिटर २१९ रुपैयाँ र डिजेल २३७ रुपैयाँ पुगेको जनाउँदै भारतको सीमावर्ती बजार रक्सौलसँग तुलना गर्दा नेपालमा पेट्रोल करिब ४८ रुपैयाँ र डिजेल करिब ८८ रुपैयाँ महँगो रहेको बताइएको छ।

पार्टीले यस्तो अस्वाभाविक मूल्य अन्तरले सीमावर्ती क्षेत्रमा चोरीपैठारी, अनौपचारिक आपूर्ति र अवैध कारोबार बढाउने जोखिम रहेको औंल्याएको छ। साथै, सस्तो इन्धनका लागि सीमापार जाने प्रवृत्ति बढ्न सक्ने र यसले राज्यको राजस्वमा समेत नकारात्मक असर पार्ने चेतावनी दिएको छ।

इन्धनजस्तो आधारभूत वस्तुमा सरकारको भूमिका केवल मूल्य स्वीकृति दिने मात्र नभई नियन्त्रण, राहत, पारदर्शिता र वैकल्पिक ऊर्जा विकासमा सक्रिय हुनुपर्ने पार्टीको माग छ। सोहीअनुसार पार्टीले सरकारसमक्ष ६ बुँदे माग प्रस्तुत गरेको छ।

पार्टीले पेट्रोलियम पदार्थमा लागेका कर तथा शुल्क पुनरावलोकन गरी मूल्य घटाउन, मूल्य स्थिरकरण कोष प्रयोग गर्न, नेपाल–भारत सीमावर्ती क्षेत्रमा मूल्य समानीकरण संयन्त्र बनाउन, चोरीपैठारी र कालोबजारी नियन्त्रणका लागि अनुगमन बढाउन, विद्युतीय ऊर्जाको प्रयोगमा सहुलियत दिन र नेपाल आयल निगमको मूल्य संरचना पारदर्शी बनाउनुपर्ने माग राखेको छ।

यो समाचारमा

काठमाडौँउज्यालो नेपाल पार्टी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    कामना सेवा विकास बैंकले सुरु गर्‍यो नेपालपे कार्ड

    काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले डिजिटल बैंकिङ सेवा विस्तार गर्ने उद्देश्यले 'नेपालपे कार्ड' को इस्युइङ र अक्वायरिङ सेवा सुरु गरेको छ। यससँगै बैंकका ग्राहकले अब नेपालपे कार्ड प्राप्त गर्न सक्नेछन् भने बैंकका देशभर रहेका ६६ वटा एटीएमबाट नेपालपे र डिस्कभर नेटवर्कका अन्तर्राष्ट्रिय कार्डहरू (रुपेसहित) मार्फत कारोबार गर्न सकिनेछ।नेपाल

    Data is loading...

    Loading brands...

    Loading footer...