त्रिभुवन विश्वविद्यालयको अतिक्रमित जग्गा ३५ दिनभित्र खाली गर्न अल्टिमेटम

Author

सजिलो पत्रिका

२०८३ वैशाख ०४, शुक्रबार

23
Share
Featured

काठमाडौँ

त्रिभुवन विश्वविद्यालयले आफ्नो स्वामित्वमा रहेका अतिक्रमित जग्गा तथा अचल सम्पत्ति ३५ दिनभित्र खाली गर्न अल्टिमेटम दिएको छ। विश्वविद्यालयले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै अनधिकृत रूपमा कब्जा गरिएका सम्पत्ति फिर्ता गर्न निर्देशन दिएको हो।

विश्वविद्यालयको कार्यकारी परिषद्को निर्णयअनुसार जारी सूचनामा अतिक्रमित जग्गा तथा सम्पत्ति खाली गरी आधिकारिक रूपमा विश्वविद्यालयलाई फिर्ता गर्नुपर्ने उल्लेख गरिएको छ। यो कदम त्रिवि जग्गा तथा अचल सम्पत्ति खोजबिन समिति को प्रतिवेदनपछि चालिएको हो।

उक्त प्रतिवेदनले विश्वविद्यालयका विभिन्न स्थानमा रहेका जग्गा तथा सम्पत्तिहरू कानुनविपरीत रूपमा व्यक्ति, निजी कम्पनी, संघ–संस्था र विभिन्न निकायहरूले कब्जा गरेर प्रयोग गरिरहेको देखाएको थियो।

त्रिवि प्रशासन महाशाखाले जारी गरेको सूचनामा नेपाल सरकार तथा दाताहरूले शैक्षिक उद्देश्यका लागि उपलब्ध गराएका जग्गा ३५ दिनभित्र खाली गर्न निर्देशन दिइएको छ। तोकिएको समयभित्र सम्पत्ति फिर्ता नगरे प्रचलित कानुनअनुसार कारबाही अघि बढाइने विश्वविद्यालयले स्पष्ट पारेको छ।

यो समाचारमा

काठमाडौँत्रिभुवन विश्वविद्यालय

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...