इन्स्पेक्टर अभय लामाको दाहसंस्कारमा गृहमन्त्री गुरुङ सहभागी, शव बोके

Author

सजिलो पत्रिका

२०८३ वैशाख ०४, शुक्रबार

20
Share
Featured

काठमाडौँ

काठमाडौँको तार्केश्वरमा मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएका प्रहरी निरीक्षक (इन्स्पेक्टर) अभय लामा को दाहसंस्कारमा गृहमन्त्री सुदन गुरुङ सहभागी भएका छन्। स्वयम्भूस्थित दाहसंस्कार कार्यक्रममा पुगेका गृहमन्त्री गुरुङले स्वर्गीय लामाको शवसमेत बोकेका थिए।

चैत २९ गते तार्केश्वर नगरपालिका–८ स्थित डाँडागाउँमा लामा सवार मोटरसाइकललाई ट्रकले ठक्कर दिएको थियो। बागमती प्रदेश–०२–०२९ प ९४१५ नम्बरको मोटरसाइकललाई बागमती प्रदेश–०३–००१ ख १७१५ नम्बरको ट्रकले ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए।

उपचारका क्रममा बिएण्डबी अस्पतालमा लामाको निधन भएको हो। जापानमा रहेकी उनकी पत्नी र परिवारका सदस्य आउन ढिला भएपछि शुक्रबार उनको दाहसंस्कार गरिएको बताइएको छ।

लामा उपत्यका ट्राफिक प्रहरी कार्यालयमा कार्यरत थिए।

यो समाचारमा

सुदन गुरुङकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...