स्पष्टीकरण सोध्ने निर्णय निरर्थक र हास्यास्पद : पूर्णबहादुर खड्का

Author

सजिलो पत्रिका

२०८३ वैशाख ०२, बुधबार

19
Share
Featured

काठमाडौँ

नेपाली काँग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्ण बहादुर खड्काले पार्टीको केन्द्रीय अनुशासन समितिले सोधेको स्पष्टीकरणलाई निरर्थक र हास्यास्पद बताएका छन्।

अनुशासन समितिले ७ दिने स्पष्टीकरण सोध्ने निर्णय सार्वजनिक गरेपछि प्रतिक्रिया दिँदै खड्काले उक्त निर्णयको कुनै औचित्य नरहेको दाबी गरेका हुन्। उनका अनुसार सो विषय सर्वोच्च अदालतमा विचाराधीन रहेकाले अहिले स्पष्टीकरण सोध्नु अर्थहीन भएको हो।

खड्काले आफूलाई पार्टीको केन्द्रीय कार्यसमितिले कार्यवाहक सभापतिको हैसियतमा सर्वोच्च अदालतमा मुद्दा दायर गर्ने अधिकार दिएको र सोहीअनुसार मुद्दा अघि बढाइएको बताए। उनले उक्त मुद्दा हाल अदालतमा विचाराधीन रहेकाले त्यससम्बन्धी निर्णय अदालतबाटै आउने विश्वास व्यक्त गरेका छन्।

उनका अनुसार मुद्दा विचाराधीन रहेका बेला अनुशासन समितिले स्पष्टीकरण सोध्नु उपयुक्त नभएको र त्यसलाई गम्भीरतापूर्वक लिन नसकिने बताए। उनले सर्वोच्च अदालतले छिट्टै निर्णय गर्ने अपेक्षा व्यक्त गर्दै सो निर्णय सबैले मान्नुपर्ने धारणा राखेका छन्।

यो समाचारमा

पूर्ण बहादुर खड्कानेपाली काँग्रेसकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...