दिपक खड्का प्रकरण : सर्वोच्चले माग्यो लिखित जवाफ, भोलि फेरि सुनुवाइ

Author

सजिलो पत्रिका

२०८३ वैशाख ०२, बुधबार

17
Share
Featured

काठमाडौँ

पूर्वमन्त्री दिपक खड्काको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतले लिखित जवाफ माग गरेको छ। आज न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र शान्तिसिंह थापाको इजलासले राजस्व अनुसन्धान विभाग र ललितपुर जिल्ला अदालतसँग पक्राउ गर्नुको कारणसहित विवरण माग गरेको हो।

खड्का गत १५ चैतमा पक्राउ परेका थिए। उनलाई गैरकानूनी रूपमा पक्राउ गरिएको भन्दै उनकी पत्नी विनिता थापाले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्।

सोही रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै अदालतले कारण देखाउ आदेश जारी गरेको छ। साथै, आवश्यक कागजातसहित लिखित जवाफ पेस गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको हो।

अदालतले राजस्व अनुसन्धान विभागको अनुरोध र ललितपुर जिल्ला अदालतबाट भएको म्याद थपसम्बन्धी सम्पूर्ण कागजात तथा पर्चासमेत समावेश गर्न आदेश दिएको छ। ती विवरण भोलि १२ बजेसम्म पेस गर्न भनिएको छ।

यसैबीच, रिटको अर्को सुनुवाइ भोलि नै हुने गरी पेशी तोकिएको छ। अदालतले सुनुवाइ नसकिँदासम्म खड्कालाई हाल जुन अवस्थामा राखिएको छ, त्यही अवस्थामा राख्न आदेश दिएको छ।

यो समाचारमा

सर्वोच्च अदालतदिपक खड्काकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...