पूर्वमन्त्री गुप्तासहित ७ जनाविरुद्धको भ्रष्टाचार मुद्दामा विशेष अदालतको साक्षी बुझ्ने आदेश

Author

सजिलो पत्रिका

२०८२ चैत ३०, सोमबार

20
Share
Featured

काठमाडौँ

विशेष अदालतले पोखराको लिचीबारी जग्गा प्रकरणमा पूर्व सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राज कुमार गुप्तासहित ७ जनाविरुद्धको भ्रष्टाचार मुद्दामा साक्षी प्रमाण बुझ्ने आदेश दिएको छ। न्यायाधीश सुदर्शनदेव भट्ट, नारायणप्रसाद कोइराला र उमेश कोइरालाको इजलासले सो आदेश जारी गरेको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत असोज २२ गते दायर गरेको मुद्दामा पूर्वमन्त्री गुप्तासहित तत्कालीन नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष तथा पूर्वमन्त्री रञ्जिता श्रेष्ठ पनि प्रतिवादी बनेकी छन्। आयोगले उनीहरूविरुद्ध पदको दुरुपयोग गरी घुस लिएको आरोप लगाएको छ।

अभियोगपत्र अनुसार कास्कीस्थित मालपोत कार्यालय प्रमुखको सरुवा रोक्ने तथा भूमि आयोगमा सदस्य बनाइदिने आश्वासन दिएर ५३ लाख रुपैयाँ घुस लिएको र थप २५ लाख रुपैयाँ समेत लेनदेन भएको दाबी गरिएको छ। यसरी कुल ७८ लाख रुपैयाँ घुस तथा रिसवत संलग्न भएको अख्तियारको भनाइ छ।

अनुसन्धानका क्रममा प्राप्त अडियो, भिडियो, बैंक कारोबार विवरण तथा डिजिटल फरेन्सिक परीक्षण प्रतिवेदनले आरोपित लेनदेन पुष्टि गरेको आयोगको दाबी छ। फरेन्सिक परीक्षणमा उक्त अडियो तथा दृश्य सामग्री छेडछाड नभएको निष्कर्ष समेत आएको बताइएको छ।

मुद्दामा मालपोत कार्यालय कास्कीका तत्कालीन प्रमुख रामचन्द्र अधिकारी, घरजग्गा व्यवसायी तथा बिचौलिया सुजनकुमार लामा, खेमबहादुर पुन, यमकुमारी गुरुङ र तुल्सीराम बुढामगर समेत प्रतिवादी रहेका छन्। आयोगले सबै प्रतिवादीविरुद्ध ७८ लाख रुपैयाँ बिगो कायम गर्दै मुद्दा दायर गरेको हो।

यो समाचारमा

रञ्जिता श्रेष्ठनागरिक उन्मुक्ति पार्टीकाठमाडौँपोखरा
अख्तियार दुरुपयोग अनुसन्धान आयोग5 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...