मन्त्रीहरूको सम्पत्ति विवरणमा गोकुल बाँस्कोटाको कटाक्ष- 'खेतबारीमा पँहेलपुर तोरी फुलेछ'

Author

सजिलो पत्रिका

२०८२ चैत ३०, सोमबार

17
Share
Featured
  • नेकपा एमालेका नेता एवं पूर्वमन्त्री गोकुल बाँस्कोटा ले मन्त्रीहरूको सम्पत्ति विवरणमा देखिएको सुनलाई लिएर व्यङ्ग्य गर्दै ‘पँहेलपुर तोरी फुलेछ’ टिप्पणी गरे।
  • बालेन्द्र शाह लगायत मन्त्रीहरूको विवरण सार्वजनिक भएपछि सामाजिक सञ्जालमा व्यापक चर्चा भयो।
  • बाँस्कोटाले विलासी जीवनशैलीप्रति कटाक्ष गर्दै सरकारमाथि अप्रत्यक्ष आलोचना गरेका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता एवं पूर्वमन्त्री गोकुलप्रसाद बास्कोटाले प्रधानमन्त्री र मन्त्रीहरूको सार्वजनिक सम्पत्ति विवरणमाथि कडा व्यङ्ग्य गरेका छन्। मन्त्रीहरूसँग ठूलो परिमाणमा सुनका गरगहना देखिएपछि बाँस्कोटाले सामाजिक सञ्जालमार्फत कटाक्ष गरेका हुन्।

बाँस्कोटाले देश 'लंका' बनिसकेको टिप्पणी गर्दै मन्त्रीहरूको सम्पत्तिलाई 'पँहेलपुर तोरी' सँग तुलना गरेका छन्। उनले लेखेका छन्, "आजका मिडिया र सामाजिक सञ्जाल हेर्दा रमाइलो भयो। देश लंका बनिसकेछ। डाँडाभरी लालीगुराँस फुल्ने बेलामा मन्त्रीहरूको खेतबारीमा भने पँहेलपुर तोरी फुलेछ।"

उनले व्यङ्ग्यात्मक शैलीमा आफू खुसी भएको बताउँदै 'जहाँ कंगाल त्यहीँ चण्डाल' भन्ने उखान अब दूर भएको उल्लेख गरे। मन्त्रीहरूको विलासी जीवन र सम्पत्ति विवरण सार्वजनिक भएपछि बाँस्कोटाले "झिक्कै झिक्कै मया तम्लाई" भन्दै आफ्नो प्रतिक्रिया टुङ्ग्याएका छन्। प्रधानमन्त्री बालेन शाह र अन्य मन्त्रीहरूको सम्पत्ति विवरणमा सुनको परिमाण धेरै देखिएपछि अहिले सामाजिक सञ्जालमा यसको व्यापक चर्चा भइरहेको छ।

यो समाचारमा

नेपाल कम्युनिष्ट पार्टी (एमाले)गोकुलप्रसाद बास्कोटाकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    सुनको मूल्य तोलामा एक हजारले बढ्यो, चाँदी पनि महँगियो

    काठमाडौं ।  नेपाली बजारमा मंगलबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ। नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले बढेर २ लाख ८५ हजार ६ सय रुपैयाँ कायम भएको छ। सोमबार सुन प्रतितोला २ लाख ८४ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।त्यस्तै, आज चाँदीको

    Data is loading...

    Loading brands...

    Loading footer...