परराष्ट्रमन्त्री खनालको खुलासा: प्रधानमन्त्री बालेनलाई भारत भ्रमणको निम्तो, मिति अझै तय छैन

Author

सजिलो पत्रिका

२०८२ चैत २९, आइतबार

23
Share
Featured
  • परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री बालेन शाहलाई भारत भ्रमणको निम्तो आएको र उनले स्वीकार गरेको खुलासा गरेका छन्।
  • भ्रमणको मिति तय भइनसकेको र थप कूटनीतिक छलफलपछि टुङ्गो लाग्ने बताइएको छ।
  • परराष्ट्र मन्त्रालयका अधिकारीहरूले भने यसबारे आफूहरूलाई औपचारिक जानकारी नभएको बताएका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को भारत भ्रमणबारे जानकारी सार्वजनिक गरेका छन्। नवौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुन मौरिसस पुगेका खनालले भारतीय विदेशमन्त्री एस. जयशंकरसँगको भेटपछि उक्त खुलासा गरेका हुन्।

खनालका अनुसार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बालेन शाहलाई शुभकामना सन्देशसहित भारत भ्रमणको निम्तो दिएका छन्। प्रधानमन्त्री शाहले उक्त निम्तो स्वीकार गरिसकेका छन्, तर भ्रमणको मिति र कार्यक्रम भने अझै तय भइसकेको छैन। उनले यो प्रक्रिया प्रारम्भिक चरणमै रहेको र थप कूटनीतिक छलफलपछि मात्रै टुङ्गो लाग्ने बताए।

दुई देशबीचको उच्चस्तरीय भ्रमण अघि सचिवस्तरीय भ्रमण हुने समझदारी पनि भएको जनाइएको छ। यसै क्रममा भारतीय विदेश मन्त्रालयका सचिव विक्रम मिस्रीले निकट भविष्यमा नेपाल भ्रमण गर्ने र त्यसपछि अन्य विषयहरूमा सहमति हुने अपेक्षा गरिएको छ।

तर परराष्ट्र मन्त्रालयका अधिकारीहरूले भने प्रधानमन्त्रीको भारत भ्रमणबारे आफूहरूलाई कुनै औपचारिक जानकारी नभएको बताएका छन्। एक अधिकारीका अनुसार मन्त्री खनालले सार्वजनिक रूपमा व्यक्त गरेपछि मात्रै यसबारे जानकारी भएको हो र मन्त्रालयस्तरमा अहिलेसम्म कुनै तयारी वा छलफल नभएको उल्लेख गरिएको छ।

नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवसँगको भेटमा समेत यो विषय उठान नभएको बताइएको छ। यसले उच्च राजनीतिक तहमा छलफल भए पनि प्रशासनिक तहमा समन्वयको अभाव रहेको संकेत गरेको छ।

यसअघि परम्परागत रूपमा नेपाली प्रधानमन्त्रीहरूको पहिलो विदेश भ्रमण प्रायः भारत हुने गरेको थियो। यद्यपि पछिल्लो समय यो परम्परामा परिवर्तन देखिएको छ। प्रधानमन्त्री बालेन शाहको सम्भावित भारत भ्रमणलाई पनि सोही सन्दर्भमा चासोका साथ हेरिएको छ।

यो समाचारमा

शिशिर खनालभारतकाठमाडौँनरेन्द्र  मोदी
बालेन्द्र शाह (बालेन)4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...