ट्राफिक प्रहरीको सर्प्राइज चेकिङमा एकैदिन १०१ चालक कारबाहीमा

Author

सजिलो पत्रिका

२०८२ चैत २९, आइतबार

50
Share
Featured

काठमाडौँ


काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले सञ्चालन गरेको ‘सर्प्राइज चेकिङ’ अभियानका क्रममा एकैदिन १०१ जना चालक कारबाहीमा परेका छन्।

आइतबार विभिन्न स्थानमा गरिएको आकस्मिक जाँचका क्रममा ट्राफिक नियम उल्लंघन गर्ने सवारी चालकहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

कारबाहीमा परेकामध्ये ५ जना चालकले मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाएको पाइएको ट्राफिक प्रहरीले जनाएको छ। उनीहरूलाई नियन्त्रणमा लिएर आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ।

त्यसैगरी, ट्राफिक लाइट उल्लंघन गर्ने २ जना चालक पनि कारबाहीमा परेका छन्। बाँकी ९४ जना चालकलाई लेन अनुशासन पालना नगर्ने तथा अन्य ट्राफिक नियम उल्लंघन गरेको कारण स्थलगत रूपमा कारबाही गरिएको प्रहरीले जनाएको छ।

ट्राफिक प्रहरीले सडक सुरक्षालाई प्रभावकारी बनाउन यस्ता सर्प्राइज चेकिङ अभियानलाई निरन्तरता दिइने जनाएको छ।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...