नेपालमा जडीबुटीबाट औषधि उत्पादनको ठूलो सम्भावना छ : मन्त्री चौधरी

Author

सजिलो पत्रिका

२०८२ चैत २९, आइतबार

28
Share
Featured

काठमाडौँ

वन तथा वातावरण मन्त्री गीता चौधरीले नेपालमा पाइने जडीबुटीबाट औषधि उत्पादनको ठूलो सम्भावना रहेको बताएकी छन्।

वनस्पति विभागको ६६औँ वार्षिकोत्सव तथा २७औँ वनस्पति दिवसका अवसरमा आइतबार काठमाडौँमा आयोजित कार्यक्रममा उनले यस्तो बताएकी हुन्। उनले सम्भावना हुँदाहुँदै पनि नेपालमा जडीबुटी क्षेत्र अझै प्रारम्भिक चरणमै सीमित रहेको उल्लेख गरिन्।

मन्त्री चौधरीले विभागलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुसन्धान संस्थासँग सहकार्य गर्दै कम्तीमा प्रि–क्लिनिकल ट्रायलसम्म पुग्ने वातावरण बनाउन निर्देशन दिइन्। उनका अनुसार यसले नेपाललाई औषधि उत्पादनको क्षेत्रमा नयाँ उचाइमा पुर्‍याउन मद्दत गर्नेछ।

उनले वनस्पति तथा जडीबुटी क्षेत्रलाई आर्थिक विकासको मुख्य आधारका रूपमा विकास गर्नुपर्नेमा जोड दिँदै अनुसन्धानका उपलब्धिहरूलाई व्यावसायिक उत्पादनमा रूपान्तरण गर्नुपर्ने आवश्यकता औँल्याइन्। यसले रोजगारी सिर्जना, गरिबी न्यूनीकरण र विदेशी मुद्रा आर्जनमा योगदान पुर्‍याउने उनको भनाइ छ।

मन्त्री चौधरीले वैज्ञानिक अनुसन्धानलाई प्रोत्साहन गर्ने नीति आवश्यक रहेको उल्लेख गर्दै सरकारले आवश्यक कानुनी तथा नीतिगत सुधारमार्फत निजी क्षेत्रलाई आकर्षित गर्ने लक्ष्य राखेको बताइन्। साथै युवालाई वनस्पति विज्ञान र नवप्रवर्द्धनतर्फ आकर्षित गर्नुपर्नेमा पनि उनले जोड दिइन्।

विभागले नेपालका वनस्पतिको वैज्ञानिक अभिलेखीकरण गर्दै ‘वृहत् नेपाल फ्लोरा’ प्रकाशन गर्ने तयारी गरेको छ। हालसम्म ६ सय ५८ प्रजातिका वनस्पतिको अभिलेखीकरण भइसकेको विभागले जनाएको छ।

यो समाचारमा

काठमाडौँगीता चौधरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...