नवौँ हिन्द महासागर सम्मेलनमा शिशिर खनालको मरिसस र सिङ्गापुरका मन्त्रीसँग भेटवार्ता

Author

सजिलो पत्रिका

२०८२ चैत २९, आइतबार

14
Share
Featured

काठमाडौँ

नवौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुने क्रममा मरिससको राजधानी पोर्ट लुइसमा रहेका परराष्ट्रमन्त्रीसँग विभिन्न देशका मन्त्रीहरूसँग भेटवार्ता भएको छ।

सम्मेलनका क्रममा परराष्ट्रमन्त्री शिशिर खनालले मरिससका विदेश, क्षेत्रीय एकीकरण तथा अन्तर्राष्ट्रिय व्यापारमन्त्री एच.ई. धनञ्जय रामफलसँग छुट्टै भेटवार्ता गरेका छन्। उक्त भेटमा दुवै पक्षबीच आपसी सम्बन्ध सुदृढीकरण, क्षेत्रीय सहकार्य विस्तार तथा द्विपक्षीय हितका विविध विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

त्यस्तै, मन्त्री खनालले सिङ्गापुरका विदेश तथा सामाजिक एवं पारिवारिक विकास राज्यमन्त्री एच.ई. जुल्कर्नाइन अब्दुल रहीमसँग पनि बेग्लै भेटवार्ता गरेका छन्। सो भेटमा पनि दुवै देशबीचको सम्बन्ध, आपसी सहकार्य र साझा चासोका विषयमा कुराकानी भएको जनाइएको छ।

यो समाचारमा

काठमाडौँशिशिर खनाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...