ओली केही दिन अस्पतालमै रहने, १३ दिनपछि रिहाइपछि प्रतिक्रिया सार्वजनिक

Author

सजिलो पत्रिका

२०८२ चैत २६, बिहिबार

17
Share
Featured

काठमाडौँ

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली स्वास्थ्योपचारका लागि केही दिन अस्पतालमै रहने भएका छन्।

जेनजी आन्दोलन घटनाको छानबिनका लागि गठित उच्चस्तरीय आयोगको प्रतिवेदनका आधारमा अनुसन्धानका क्रममा प्रहरी हिरासतमा रहेका उनी आज रिहा भएका हुन्। पक्राउ परेदेखि नै उनी अस्पतालमा उपचाररत रहेका थिए।

ओलीले आफूलाई सरकारले पूर्वाग्रह र प्रतिशोधपूर्ण रूपमा फौजदारी अभियोग लगाई १३ दिनसम्म गैरकानुनी नियन्त्रणमा राखिएको दाबी गरेका छन्। तर मुद्दा चलाउन आवश्यक आधार र प्रमाण नपुगेपछि अन्ततः आफू रिहा भएको उनको भनाइ छ।

सर्वोच्च अदालतको परमादेशअनुसार रिहा भएपछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै ओलीले आफ्नो रिहाइका लागि आवाज उठाउने सबैप्रति धन्यवाद व्यक्त गरेका छन्।

आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णयका आधारमा प्रहरीले उनलाई भक्तपुरको गुण्डुबाट यही चैत १४ गते नियन्त्रणमा लिएको थियो।

यो समाचारमा

खड्गप्रसाद शर्मा ओलीकाठमाडौँनेपाल कम्युनिष्ट पार्टी (एमाले)सर्वोच्च अदालत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...