एमाले अध्यक्ष ओलीमाथि लगाइएको मुद्दा फिर्ता लिन सांसद नीता घतानीको माग

Author

सजिलो पत्रिका

२०८२ चैत २५, बुधबार

21
Share
Featured

काठमाडौँ

नेपाल कम्युनिष्ट पार्टी (एमाले)की सांसद नीता घतानीले पार्टी अध्यक्ष खड्गप्रसाद शर्मा ओलीमाथि लगाइएको मुद्दा तत्काल फिर्ता लिन सरकारसँग माग गरेकी छन्।

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले अध्यक्ष ओलीमाथि लगाइएको मुद्दा राजनीतिक प्रतिशोधका आधारमा भएको दाबी गर्दै सरकारको कडा आलोचना गरिन्।

सांसद घतानीले संविधान र कानुनको मर्म विपरीत मुद्दा चलाइएको आरोप लगाउँदै यस्तो कदमले लोकतान्त्रिक मूल्य र संसदीय मर्यादामा आघात पुगेको बताइन्।

उनले प्रमुख प्रतिपक्षी नेतामाथि राजनीतिक पूर्वाग्रहका आधारमा निशाना बनाइनु गलत भएको भन्दै त्यस्ता सबै मुद्दा तत्काल फिर्ता लिन सरकारसँग जोडदार माग गरिन्।

घतानीले संविधान र कानुनको पालना गर्दै सरकारलाई निष्पक्ष र जिम्मेवार ढंगले अघि बढ्न समेत आग्रह गरिन्।

यो समाचारमा

नेपाल कम्युनिष्ट पार्टी (एमाले)खड्गप्रसाद शर्मा ओलीकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...