इन्धन र खाद्यान्नको मूल्यवृद्धि नियन्त्रण गर्न अल्पकालीन र दीर्घकालीन योजना बनाउन कांग्रेसको माग

Author

सजिलो पत्रिका

२०८२ चैत २५, बुधबार

18
Share
Featured

काठमाडौँ

नेपाली काँग्रेसका सांसद प्रकाश सिंह कार्कीले इन्धन र खाद्यान्नको मूल्यवृद्धि नियन्त्रणका लागि सरकारले अल्पकालीन र दीर्घकालीन योजना बनाएर अघि बढ्नुपर्ने माग गरेका छन्।

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले वर्तमान भूरणनीतिक परिस्थितिलाई ध्यानमा राख्दै मुलुकमा देखिएका आर्थिक तथा आपूर्ति सम्बन्धी समस्याप्रति सरकार गम्भीर हुनुपर्ने बताए।

सांसद कार्कीले इन्धनको मूल्यवृद्धि, खाद्यान्नको अभाव र बजार मूल्यवृद्धि नियन्त्रणका लागि तत्काल ठोस योजना आवश्यक रहेको उल्लेख गर्दै सरकारको ध्यानाकर्षण गराए।

उनले नेपाल बाह्य शक्तिको चलखेल गर्ने अखडा बन्न सक्ने जोखिमतर्फ पनि सचेत रहन सरकारलाई आग्रह गरे।

कार्कीले विद्यमान चुनौतीहरूको पहिचान गरी पूर्वतयारीसहित दीर्घकालीन समाधानतर्फ अघि बढ्नुपर्नेमा जोड दिए।

यो समाचारमा

प्रकाश सिंह कार्कीनेपाली काँग्रेसकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...