डिजिटल ट्रान्सफर्मेसनभन्दा आधारभूत सेवा प्राथमिकतामा राख्न सांसद पूर्ण लिम्बूको माग

Author

सजिलो पत्रिका

२०८२ चैत २५, बुधबार

21
Share
Featured

काठमाडौँ

श्रम संस्कृति पार्टीका सांसद पूर्ण लिम्बूले सरकारले नागरिकका आधारभूत आवश्यकतालाई बेवास्ता गर्दै डिजिटल ट्रान्सफर्मेसनजस्ता महँगो र महत्त्वाकांक्षी योजना अघि सारेको भन्दै आपत्ति जनाएका छन्।

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले दूरदराजका नागरिक अझै पनि स्वच्छ खानेपानी, सरसफाइ र आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित रहेको उल्लेख गर्दै सरकारको प्राथमिकता गलत दिशामा गएको आरोप लगाए।

सांसद लिम्बूले संविधानको धारा ३५ ले प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी, सरसफाइ र स्वास्थ्य सेवामा समान पहुँचको हक सुनिश्चित गरेको भए पनि व्यवहारमा त्यसको कार्यान्वयन नभएको बताए।

उनले ‘एक घर एक धारा’ कार्यक्रम, स्वास्थ्यचौकीसम्म पुग्ने सडक निर्माण तथा आधारभूत पूर्वाधार विस्तारलाई प्राथमिकतामा राख्न सरकारसँग माग गरे।

उनका अनुसार अझै पनि धेरै ग्रामीण क्षेत्रमा सुत्केरी महिलालाई डोकोमा बोकेर स्वास्थ्य संस्थासम्म पुर्‍याउनुपर्ने अवस्था कायम रहेको छ, जसलाई अन्त्य गर्न सरकारले तत्काल ध्यान दिनुपर्ने आवश्यकता छ।

यो समाचारमा

काठमाडौँश्रम संस्कृति पार्टी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...