मन्त्रीहरूलाई परराष्ट्र मन्त्रालयद्वारा कूटनीतिक आचारसंहिता प्रशिक्षण

Author

सजिलो पत्रिका

२०८२ चैत २५, बुधबार

16
Share
Featured

काठमाडौँ

परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारका सबै मन्त्रीहरूलाई ‘परराष्ट्र मामिला तथा कूटनीतिक आचारसंहिता’ सम्बन्धी प्रशिक्षण दिएको छ।

बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित उक्त कार्यक्रममा परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले मन्त्रीहरूलाई विस्तृत प्रस्तुतीकरण दिएका हुन्।

प्रेस विज्ञ दीपा दाहालका अनुसार सचिव राईले अन्तर्राष्ट्रिय परिवेश, नेपालको वैदेशिक सम्बन्ध, राष्ट्रिय हितको प्रवर्द्धन तथा समग्र परराष्ट्र नीतिका विषयमा जानकारी गराएका थिए।

त्यस क्रममा उनले परराष्ट्र नीति कार्यान्वयन गर्दा अपनाउनुपर्ने विधि, सीमा र कूटनीतिक मर्यादाबारे पनि स्पष्ट पारेका थिए।

सचिव राईले विदेशी पदाधिकारीसँगको भेटवार्तामा पालना गर्नुपर्ने शिष्टाचारदेखि कूटनीतिक आचारसंहिताका अनिवार्य पक्षहरूसम्मका विषयमा विशेष जोड दिँदै प्रस्तुति दिएका थिए।

यो समाचारमा

बालेन्द्र शाह (बालेन)काठमाडौँपरराष्ट्र मन्त्रालय

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...