भ्युटावर र प्रयोगविहीन भवनको उचित सदुपयोग गर्न सांसद कार्कीको माग

Author

सजिलो पत्रिका

२०८२ चैत २५, बुधबार

22
Share
Featured

काठमाडौँ

सांसद नीतिमा भण्डारी कार्कीले देशभर निर्माण गरिएका भ्युटावर तथा भवनहरूको उचित सदुपयोग गर्न सरकारसँग माग गरेकी छन्।

प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै उनले प्रतिफल र दिगोपनको सुनिश्चितता बिना निर्माण गरिएका संरचनाहरू हाल प्रयोगविहीन अवस्थामा रहेको बताइन्।

सांसद कार्कीले यस्ता प्रयोगमा नआएका भौतिक संरचनाको पहिचान गरी तत्काल उपयोगमा ल्याउनुपर्नेमा जोड दिइन्।

उनले अब निर्माण हुने पूर्वाधारका हकमा आवश्यकताको विस्तृत अध्ययन, प्रतिफल र दिगोपनलाई प्राथमिकतामा राखेर मात्र काम अघि बढाउन सरकारलाई सुझाव दिएकी छन्।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...