कानुन व्यवसायीलाई सिंहदरबार प्रवेशमा कडाइ, परिचयपत्रको व्यवस्था खारेज

Author

सजिलो पत्रिका

२०८२ चैत २५, बुधबार

19
Share
Featured

काठमाडौँ

सरकारले नेपाल बार काउन्सिल र नेपाल बार एसोसिएसनबाट जारी गरिएको परिचयपत्रका आधारमा कानुन व्यवसायीलाई सिंहदरवार प्रवेश गर्ने व्यवस्थामा रोक लगाएको छ। कानुन मन्त्रालयको परिपत्र र गृह मन्त्रालयको निर्देशनअनुसार यस्तो निर्णय गरिएको नेपाल बार एसोसिएसनका महासचिव केदार कोइरालाले जानकारी दिए।

२०४६ सालदेखि कानुन व्यवसायीहरूले बार काउन्सिल र बार एसोसिएसनको परिचयपत्रका आधारमा सिंहदरबार प्रवेश पाउँदै आएका थिए। सिंहदरबारभित्र प्रशासकीय अदालत, कानुन मन्त्रालय तथा अन्य निकायमा नियमित उपस्थिति आवश्यक पर्ने भएकाले उनीहरूलाई सहज प्रवेशको व्यवस्था गरिएको थियो। तर नयाँ सरकार आएपछि उक्त व्यवस्थामा कडाइ गरिएको हो।

यस निर्णयप्रति असन्तुष्टि जनाउँदै नेपाल बार एसोसिएसनले सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ। अध्यक्ष विजयप्रसाद मिश्रका अनुसार कानुन सचिव र गृह सचिवसँग यस विषयमा औपचारिक रूपमा ध्यानाकर्षण गराइएको छ। साथै, महान्यायाधिवक्ता, प्रधानमन्त्रीको सचिवालय र मुख्य सचिवलाई पनि ध्यानाकर्षण पत्र पठाउने तयारी गरिएको छ।

यसैबीच, प्रशासकीय अदालतका रजिस्टार सरोजराज रेग्मीले सूचना जारी गर्दै अब कानुन व्यवसायीहरूले नागरिक एपमार्फत प्राप्त सिंहदरबार गेट पासका आधारमा मात्र प्रवेश गर्नुपर्ने व्यवस्था गरिएको बताएका छन्। मुद्दाका पक्ष तथा वारेसले भने तारिख पर्चाको आधारमा प्रवेश पाउने व्यवस्था कायम रहने सूचनामा उल्लेख गरिएको छ।

यो समाचारमा

नेपाल बार एसोसिएसनकाठमाडौँसिंहदरवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...