प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक सिंहदरबारमा जारी

Author

सजिलो पत्रिका

२०८२ चैत २५, बुधबार

14
Share
Featured

काठमाडौँ

प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक सिंहदरवारमा जारी रहेको छ। नयाँ नियमावली तर्जुमा गर्ने उद्देश्यसहित बुधबार उक्त बैठक आह्वान गरिएको हो।

१५ सदस्यीय यस समितिको सभापतिमा गणेश पराजुली रहेका छन्। समितिले प्रतिनिधिसभाको कार्य सञ्चालनलाई अझ व्यवस्थित, प्रभावकारी र समसामयिक बनाउन नयाँ नियमावली तयार पार्ने कार्य गरिरहेको छ।

समितिका सदस्यहरूमा ओजश्वी शेरचन, ऐनबहादुर महर, खगेन्द्र सुनार, खुस्बु ओली, गजला समिम मिकरानी, तपेश्वर यादव, ध्रुवराज राई, निशा डाँगी, निश्कल राई, बलावती शर्मा, मधु चौलागाईं, यज्ञमणि न्यौपाने, रेखाकुमारी यादव र सुलभ खरेल रहेका छन्। समितिले विभिन्न पक्षमा छलफल गर्दै नियमावलीलाई अन्तिम रूप दिने तयारी गरिरहेको छ।

यो समाचारमा

काठमाडौँसिंहदरवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...