संविधान संशोधन कार्यदलको पहिलो बैठक आज बस्दै

Author

सजिलो पत्रिका

२०८२ चैत २५, बुधबार

18
Share
Featured
  • संविधान संशोधनका लागि गठित कार्यदलको पहिलो बैठक आज प्रधानमन्त्री कार्यालयमा बस्दैछ।
  • असिम शाह को संयोजकत्वमा विभिन्न दलका प्रतिनिधिहरू सहभागी छन्, तर नेपाली कांग्रेस लगायत केही दलले प्रतिनिधि पठाएका छैनन्।
  • कार्यदलले संविधान संशोधनबारे राष्ट्रिय बहसका लागि आधारपत्र तयार गर्नेछ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलको पहिलो बैठक आज दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्दैछ। चैत १६ को मन्त्रिपरिषद् निर्णयअनुसार प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा यो कार्यदल गठन गरिएको हो।

कार्यदलमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का डा. भीष्मनाथ अधिकारी, रास्वपाका मोहन आचार्य, नेकपाका देवप्रसाद गुरुङ, राप्रपाका ज्ञानेन्द्र शाही र राष्ट्रिय जनमोर्चाका मनोज भट्ट सदस्य रहेका छन्। यद्यपि, नेपाली कांग्रेस, जसपा नेपाल, लोसपा र श्रम संस्कृति पार्टीले भने हालसम्म आफ्ना प्रतिनिधि पठाएका छैनन्।

कार्यदलमा सरकारी पक्षबाट कानुन सचिव पुष्कर सापकोटा र नेपाल कानुन आयोगकी सचिव इन्दिरा दाहाल सदस्य छन् भने सदस्य सचिवको जिम्मेवारी लिलाधर सुवेदीलाई दिइएको छ। कार्यदलले संविधान संशोधनका विषयमा राष्ट्रिय बहसका लागि आधारपत्र तयार गर्नेछ।

यो समाचारमा

नेपाल कम्युनिष्ट पार्टी (एमाले)काठमाडौँज्ञानेन्द्र शाही

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...