सरकारको संकेत : इन्धन खपत घटाउन यातायातमा जोर–बिजोर प्रणाली लागू हुन सक्ने

Author

सजिलो पत्रिका

२०८२ चैत २४, मङ्गलबार

20
Share
Featured

काठमाडौँ

सरकारले पेट्रोलियम पदार्थको खपत नियन्त्रण गर्न यातायात क्षेत्रमा जोर–बिजोर प्रणाली लागू गर्ने संकेत गरेको छ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकमा इन्धन संकट र त्यसले अर्थतन्त्रमा पारेको दबाबबारे छलफल भएको एक मन्त्रीले जानकारी दिएका छन्।

बैठकपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले इन्धन आपूर्तिमा देखिएको समस्या र आर्थिक भार घटाउन सरकारले विशेष नीतिगत निर्णय गरेको बताइन्।

उनका अनुसार पेट्रोल, डिजेल र मट्टितेलको पैठारीमा लाग्दै आएको भन्सार महसुल र पूर्वाधार विकास करमा ५० प्रतिशत छुट दिने निर्णय गरिएको छ।

सरकारले इन्धन खपत घटाउन आइतबार सार्वजनिक बिदा दिने, आवश्यक परे जोर–बिजोर प्रणाली लागू गर्ने तथा विद्युतीय सवारी (ईभी) र इथानोलको प्रयोगलाई प्रोत्साहन गर्ने नीति अघि सारेको पनि उनले स्पष्ट पारिन्।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    शासकीय सुधारलाई निरन्तरता दिइने सचिव बैठकको निर्णय

    काठमाडौं । सरकारका सचिवहरुको बैठकले शासकीय सुधारको एकसय कार्यसूचीअन्तर्गत सम्पन्न भएका सुशासन प्रवद्र्धन, सेवाप्रवाह सुधार र निर्णय प्रक्रिया सरलीकरणलगायत क्षेत्रमा भएका असल अभ्यासलाई निरन्तता दिने निर्णय गरेको छ ।मुख्यसचिव गोविन्दबहादुर कार्कीको अध्यक्षतामा आज भएको सचिव बैठकले कार्यसूचीमा उल्लेखित बुँदा कार्यान्वयनका लागि गठित कार्यदल र समितिबाट प्राप्त सुझाव कार्यान्वयन गर्ने र

    Data is loading...

    Loading brands...

    Loading footer...