भदौ २४ को घटनाको छानबिन कहिले हुन्छ ? : रामकुमारी झाँक्री

Author

सजिलो पत्रिका

२०८२ चैत २३, सोमबार

16
Share
Featured

काठमाडौँ

नेपाल कम्युनिष्ट पार्टी (एमाले)की राष्ट्रिय सभा सांसद राम कुमारी झाँक्रीले भदौ २४ गते सिंहदरवारसहित सरकारी संरचनामा भएको घटनाको निष्पक्ष छानबिनको माग गर्दै सरकारसँग प्रश्न गरेकी छन्। सोमबार राष्ट्रिय सभा बैठकमा बोल्दै उनले घटनाबारे सत्य तथ्य बाहिर ल्याउन ढिलाइ गर्न नहुने बताइन्।

सांसद झाँक्रीले उक्त दिनको घटनाबारे सार्वजनिक रूपमा स्पष्ट उत्तर आउनुपर्ने आवश्यकता औंल्याइन्। उनले युवाहरूलाई गलत रूपमा परिचालन गरेर राज्यका संरचनामा क्षति पुर्‍याइएको भन्दै त्यसको जिम्मेवारी कसले लिने भन्ने प्रश्न सरकारलाई गरिन्।

उनले सिंहदरबारलगायतका सरकारी संरचना जलेर खण्डहर बनेको घटनाप्रति आफू भावविह्वल भएको बताउँदै यस्तो अवस्थाको वास्तविकता जनसमक्ष आउनुपर्नेमा जोड दिइन्। राज्यले घटनालाई बेवास्ता गर्दै “सबै ठीक छ” भन्ने भ्रम सिर्जना गर्न नहुने उनको भनाइ थियो।

झाँक्रीले भदौ २३ र २४ गतेका घटनालाई लिएर उठेका प्रश्नहरू अझै अनुत्तरित रहेको उल्लेख गर्दै त्यसको छानबिन कहिले हुन्छ भन्ने प्रश्न गरिन्। उनले घटनाबारे प्रतिवेदन आए पनि पूर्ण सत्य बाहिर नआएको बताइन्।

उनले राज्यविरुद्ध जे पनि गर्न सकिन्छ भन्ने गलत भाष्यलाई स्वीकार गर्न नसकिने भन्दै त्यसको गहिरो अनुसन्धान आवश्यक रहेको बताइन्। साथै, भविष्यमा यस्ता घटना दोहोरिन नदिन जिम्मेवार निकायले स्पष्ट जवाफ दिनुपर्ने उनको माग छ।

यो समाचारमा

सिंहदरवारकाठमाडौँनेपाल कम्युनिष्ट पार्टी (एमाले)राम कुमारी झाँक्री

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विश्व प्रहरीबीच सहकार्य विस्तार गर्नुपर्नेमा आईजीपी कार्कीको आग्रह

    काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दान बहादुर कार्कीले सीमापार अपराध नियन्त्रणका लागि अन्तर्राष्ट्रिय सहयोग, सूचना आदान–प्रदान र प्रहरी संगठनबीचको साझेदारीलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन्। संयुक्त राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा आयोजित पाँचौं संयुक्त राष्ट्रसंघीय प्रहरी प्रमुखहरूको शिखर सम्मेलन (युएनसीओपिएस) मा नेपालको प्रतिनिधित्व गरेर स्वदेश फर्किएपछि सामाजिक सञ्जालमार्फत उनले सम्मेलनमा

    Data is loading...

    Loading brands...

    Loading footer...