रेखा शर्मालाई थुनामुक्त गर्दै अनुसन्धान गर्न अदालतको आदेश

Author

सजिलो पत्रिका

२०८२ चैत २२, आइतबार

21
Share
Featured

काठमाडौँ

काठमाडौँ जिल्ला अदालत
ले बालबालिका सम्बन्धी कसुरमा पक्राउ परेकी पूर्वसांसद रेखा शर्मालाई हिरासतबाट मुक्त गरी थुनाबाहिरै राखेर अनुसन्धान गर्न आदेश दिएको छ। जिल्ला न्यायाधीश जगतबहादुर पौडेलको इजलासले शर्मालाई थुनामा राख्नुपर्ने पर्याप्त आधार नदेखिएको ठहर गर्दै यस्तो आदेश दिएको हो।

म्याद थपका लागि अदालतमा उपस्थित गराइएकी शर्मामाथि एक नाबालकलाई यातना दिई दास बनाएको आरोप लागेको थियो। उक्त मुद्दामा सुनुवाइ गर्दै अदालतले जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौं र उच्च सरकारी वकिल कार्यालय, पाटनले प्रमाणको अभावमा मुद्दा नचलाउने निर्णय गरिसकेको तथ्यलाई मुख्य आधार मानेको छ।

अदालतका अनुसार सरकारी वकिलको उक्त निर्णयलाई महान्यायाधिवक्ताको कार्यालयले समेत समर्थन गरिसकेको अवस्थामा प्रतिवादीलाई थुनामा राख्नु आवश्यक नदेखिएको हो। सोही आधारमा शर्मालाई हिरासतबाट मुक्त गर्दै अनुसन्धान प्रक्रिया भने जारी राख्न आदेश दिइएको छ।

शर्माको पक्षमा वरिष्ठ अधिवक्ता श्रीकान्त बराल तथा अधिवक्ताहरू राधिका खतिवडा र मञ्जु जवालेलीले बहस गरेका थिए।

यो समाचारमा

काठमाडौँरेखा शर्मा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...