राष्ट्रिय सभामा उपाध्यक्ष र समिति सभापति पद दलहरूबीच भागबन्डा

Author

सजिलो पत्रिका

२०८२ चैत २२, आइतबार

20
Share
Featured

काठमाडौँ

राष्ट्रिय सभामा रिक्त उपाध्यक्ष तथा विभिन्न संसदीय समितिका सभापति पदहरू दलहरूबीच आपसी सहमतिमा बाँडफाँड गरिएको छ ।

आइतबार बिहान सिंहदरवारस्थित संसदीय दलको कार्यालयमा बसेको नेपाली काँग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाली कम्युनिष्ट पार्टी र मधेसवादी दलहरूको बैठकले उक्त सहमति गरेको हो ।

सहमति अनुसार राष्ट्रिय सभाको उपाध्यक्ष पद नेकपा एमालेले पाउने भएको छ ।

नेपाली कांग्रेसका प्रमुख सचेतक कृष्णबहादुर रोकायका अनुसार राष्ट्रिय सभाका चार समितिमध्ये दुई वटा कांग्रेसले, एउटा नेपाली कम्युनिस्ट पार्टीले र एउटा मधेसवादी दलले लिने भएका छन् ।

कांग्रेसले आर्थिक मामिला तथा सुशासन समिति र विधायन समितिको सभापति पाउनेछ भने नेपाली कम्युनिस्ट पार्टीले संघीय सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको सभापति लिनेछ । त्यस्तै मधेसवादी दलहरूले सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको सभापति लिने सहमति भएको छ ।

राष्ट्रिय सभामा कांग्रेसका २४, नेपाली कम्युनिस्ट पार्टीका १७, नेकपा एमालेका १०, जनता समाजवादी पार्टी, नेपालका ३, राष्ट्रिय जनमोर्चाका १ र मनोनीत २ सांसद छन् ।

यो समाचारमा

नेपाली काँग्रेसनेपाल कम्युनिष्ट पार्टी (एमाले)राष्ट्रिय जनमोर्चासिंहदरवार
नेपाली कम्युनिष्ट पार्टी6 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...